विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ « Khabarhub

विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ । विशेष महाधिवेशनमा नयाँ नेतृत्वको चयन गर्नका लागि उम्मेदवारहरूले नाम टिपाएपछि महामन्त्री विश्वप्रकाश शर्माले त्यसलाई मिलाउने अन्तिम प्रयत्न गरिरहेका छन् । 

नेताहरूले दिएको जानकारी अनुसार अहिले आठ बुँदामा सहमतिको बिन्दु तयार गर्न विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेट्न लागेका हुन् । 

उनले तयार पारेको सहमतिपत्रमा गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार रहने प्रस्ताव पनि अगाडि सारेको विशेष महाधिवेशन पक्षधर वार्तामा संलग्न एक नेताले बताए ।

‘तत्काल सभापतिले नेतृत्व छोडेर निर्वाचन पछाडि गगन थापालाई प्रधानमन्त्री बनाउने प्रस्ताव विश्वले लिएर देउवा कहाँ जानुभएको छ ।’ काङ्ग्रेसका ती सदस्यले भने, ‘अन्तिम पटक सहमतिको बिन्दु खोजिरहेका छौँ नभए निर्वाचन हुन्छ र नयाँ नेतृत्व चुनिन्छ ।’

यस्ता छन् आठ बुँदाहरू 
१. कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
२. विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
३. प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
४. चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
५. टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
६. निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
७. उम्मेदवारको  टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
८. विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १ : ४७ बजे

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा