बैंकिङ क्षेत्रको क्षेत्रगत कर्जा प्रवाह : उपभोगमा मात्रै २१.३३ प्रतिशत, व्यापार दोस्रो प्राथमिकतामा « Khabarhub

बैंकिङ क्षेत्रको क्षेत्रगत कर्जा प्रवाह : उपभोगमा मात्रै २१.३३ प्रतिशत, व्यापार दोस्रो प्राथमिकतामा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा उपभोग्य र व्यापारिक क्षेत्रको वर्चस्व देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंकहरूले कुल ५६ खर्ब ७५ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

सो कुल लगानीमध्ये ठूलो हिस्सा अनुत्पादक र सेवा क्षेत्रमा केन्द्रित भएको देखिएको छ ।

क्षेत्रगत लगानीको अवस्था हेर्दा बैंकहरूले मंसिर मसान्तसम्म सबैभन्दा बढी १२ खर्ब १० अर्ब ३२ करोड रुपैयाँ उपभोग्य कर्जामा लगानी गरेका छन् । कुल कर्जा प्रवाहमा यसको हिस्सा २१.३३ प्रतिशत रहेको छ । 

समीक्षा अवधिसम्म थोक तथा खुद्रा व्यापार प्रयोजनका लागि बैंकहरूले १० खर्ब ३२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कुल कर्जामा यस क्षेत्रको योगदान १८.२० प्रतिशत रहेको छ ।

त्यस्तै, कृषि, वन तथा गैर खाद्य उत्पादनमूलक क्षेत्रमा समीक्षा अवधिमा बैंकहरूले जम्मा ९ खर्ब ४७ अर्ब ७६ करोड रुपैयाँ मात्रै लगानी गरेका छन् । जुन कुल कर्जा हिस्साको १६.७० प्रतिशत हो । सोही अवधिमा बिजुली, ग्यास तथा पानी सम्बन्धित क्षेत्रमा बैंकहरूले ४ खर्ब ६० अर्ब १४ करोड रुपैयाँ लगानी गरेका छन् । जसले कुल कर्जाको ८।११ प्रतिशत हिस्सा यस क्षेत्रले ओगटेको छ ।

वित्त, बिमा र घरजग्गाको क्षेत्रमा समीक्षा अवधिसम्म बैंकहरूले कुल कर्जाको ७.५९ प्रतिशत अर्थात् ४ खर्ब ३१ अर्ब ४ करोड रुपैयाँ लगानी गरेका छन् ।
प्रत्यक्ष कृषि र वनसँग सम्बन्धित गतिविधिमा बैंकहरूले ३ खर्ब ५१ अर्ब १ करोड रुपैयाँ लगानी गरेका छन् । जुन कुल कर्जा रकमको हिस्सामा ६।१८ प्रतिशत हो ।

साथै, तथ्यांकले समीक्षा अवधिसम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरूले पर्यटन क्षेत्रमा बैंकहरूले २ खर्ब ६३ अर्ब ७५ करोड रुपैयाँ अर्थात् कुल कर्जाको ४.६५ प्रतिशत, निर्माणको क्षेत्रमा २ खर्ब ४३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४.२९ प्रतिशत लगानी गरेको देखाएको  छ ।

तथ्यांकअनुसार बैंकहरूले उपभोगमा २१.३३ र व्यापारमा १८.२० प्रतिशत गरेको लगानी जोड्दा झण्डै ४० प्रतिशत पुग्छ । यसले नेपालको बैंकिङ तरलताको ठूलो हिस्सा व्यापारिक र व्यक्तिगत उपभोगका क्षेत्रमा केन्द्रित भएको देखाउँछ । 

उत्पादनशील मानिने कृषि, निर्माण र पर्यटन जस्ता क्षेत्रहरूमा भने तुलनात्मक रूपमा लगानीको हिस्सा न्यून देखिएको छ । बैंकहरूले पछिल्लो महिना आफ्नो कर्जा प्रवाहमा ०.५७ प्रतिशतको झिनो वृद्धि गरेका छन् ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा निक्षेपको तुलनामा कर्जा प्रवाहमा वृद्धि हुन सकेको छैन, जसले गर्दा बैंकहरूले निरन्तर रूपमा निक्षेपतर्फको ब्याजदर पनि घटाउँदै आएका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : ११ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने