सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन « Khabarhub

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन् । 

मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको शाख बलियो हुनेगरी काम गर्न निर्देशन दिए ।

सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासिक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरे । 

गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म र भावनाअनुसार सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र निर्वाचन सफल पार्नेगरी जनताका पक्षमा काम गर्न आग्रह गर्दै उनले सकारकातर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष भण्डारीले गर्विलो इतिहास बोकेको संस्थानको अध्यक्षका रुपमा आफ्नो योग्यता र क्षमताले भ्याएसम्म संस्थानको सुधार गर्दै जनताका पक्षमा काम गर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्याललेसमेत नवनियुक्त अध्यक्ष भण्डारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन्  । पुस २८ गतेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको थियो । 

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ७ : ०१ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने