क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा « Khabarhub

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ ।

प्रधानमन्त्री कार्नीले शुक्रबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्ने बताइएको छ । कार्नी आठ वर्षमा चीन भ्रमण गर्ने पहिलो क्यानेडियन नेता हुन् । गत अक्टोबरमा दक्षिण कोरियामा भएको एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको थियो ।

कार्नीका पूर्ववर्ती जस्टिन ट्रुडोले सन् २०१७ को डिसेम्बरमा चीनको भ्रमण गरेका थिए । सन् २०१८ मा भ्यानकुभरमा अमेरिकी पक्राउ पूर्जीका आधारमा विशाल चिनियाँ प्रविधि कम्पनी हुवावेका एक वरिष्ठ कार्यकारीलाई पक्राउ गरेपछि र जासुसीको आरोपमा दुई क्यानेडियालीलाई चीनले जवाफी कारबाहीमा हिरासतमा लिएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

हालैका वर्षहरूमा चीनले क्यानाडाको चुनावमा हस्तक्षेप गरेको आरोप पनि लाग्दै आएको छ । सीबाहेक कार्नीले प्रधानमन्त्री ली चियाङ र व्यापारिक नेताहरूसँग व्यापार वार्ताका लागि भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । बेइजिङले यसै हप्ता कार्नीको भ्रमणलाई उच्च महत्व दिने बताएको थियो ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : ३१ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि