नगरपालिकाको अनुदानमा मौरीसहितका घार वितरण « Khabarhub

नगरपालिकाको अनुदानमा मौरीसहितका घार वितरण


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवर्द्धन गर्ने उद्देश्यले अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।

आत्मनिर्भर बनाउने उद्देश्यले खाँदबारी नगरपालिकाभित्रका कृषकलाई घारसहितका मौरी वितरण गरिएको छ ।

कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवर्द्धन गर्ने उद्देश्यले खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीसहितका घार वितरण गरेको हो ।

एक कार्यक्रमबीच नगरपालिकाले ९० मौरीसहितका घार कृषक समूह तथा कृषकलाई हस्तान्तरण गरेको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताए । मौरीपालनलाई वैकल्पिक मात्र नभई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न नगरपालिकाले मौरीसहितका घार वितरण गरेको उनको भनाइ छ ।

नगरपालिकाले मौरी प्रवर्द्धन अन्तर्गत प्रतिघार १० हजार ८०० लागतमा कृषकलाई मौरीसहितका घार उपलब्ध गराइएको हो । कृषकले ५० प्रतिशत मात्र ब्यहोर्नु परेको छ । बाँकी रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको हो यो कार्यक्रमबाट विशेषगरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०८२–८३ मा मौरीपालन प्रवर्द्धन कार्यक्रमका लागि नगरसभाबाट ६ लाख विनियोजन भएको र बाँकी रहेको रकमले मौरीपालक कृषकलाई तालिम प्रदान गरिने कृषि शाखाले जनाएको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ७ : ४९ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति