कोराबाट एमाले उम्मेदवार ढकाल भन्छन्, ‘म यता भए पनि मन तपाईँहरुसँगै छ’ « Khabarhub

कोराबाट एमाले उम्मेदवार ढकाल भन्छन्, ‘म यता भए पनि मन तपाईँहरुसँगै छ’


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताको साथै रहेको बताएका छन् । निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले आज भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताएका हुन् ।

‘म मतदाता बीचमै छु, र मन मतदातासँगै छ,’ उनले भने, ‘अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरु लिने नै छु ।’ नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्ने तर्फ क्रियाशील रहने बताए ।

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचनमा उम्मेदवार छन् । उनलाई पराजित गर्नेगरी विनोद ढकाल मैदानमा उत्रिएका छन् । नेकपा एमालेभित्र आफ्ना आवाजहरुलाई बुलन्द पार्ने नेताको रुपमा चिनिएका ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रिय नेताका रुपमा परिचित छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ७ : ४० बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय