हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै « Khabarhub

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ । विसं २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारबाट बेनी नगरपालिका-२ को हाँडेभिर-बगरफाँट हुँदै भकिम्ली जोड्ने नौ किलोमिटर सडकको ट्रयाक खुलेकामा अहिले स्तरोन्नति भइरहेको हो । 

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाका रूपमा हाँडेभिर-बगरफाँट-भकिम्ली सडक आयोजना छनोट भएको हो । सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले माछापुच्छ्रे हिमालयन जेभीसँग रु १० करोड लागत अनुमान गरी प्रतिस्पर्धामार्फत विसं २०८१ जेठमा ठेक्का सम्झौता गरी आयोजना कार्यान्वयन गराइएको थियो । कम्पनीले दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने सर्तमा सडक स्तरोन्नतिको जिम्मा लिएको थियो । 

अहिले सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने, सम्याउने, बेस तयार गर्ने, खोल्सा र खोलाहरूमा पक्की ढलान गरी पानीलाई निकास दिनेलगायत काम सकेर अब ग्राभेल गर्न बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताए। 

‘सडकको ग्राभेलबाहेकको अरू सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ । अबको एक साताभित्रमा ग्राभेलका लागि बेस राख्ने काम सुरु हुन्छ’, उनले भने। 

बगरफाँटको कोटखोलादेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने काम सकिएको र अब  ग्राभेलसहित स्तरोन्नति गरिने भण्डारीले बताए। उनका अनुसार हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक कालोपत्र भइसकेको छ । 

सडक स्तरोन्नतिको मापदण्डअनुसार बगरफाँटबाट दूधेखोलासम्मको करिब साढे दुई किमी सडकलाई आठ मिटर फराकिलो बनाइएको सडक स्तरोन्नति सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले बताए। अब ग्राभेलसहित स्तरोन्नति गरिने उनका भनाइ छ ।

सोही सडक स्तरोन्नति आयोजनाअन्तर्गत दूधेखोलाबाट भकिम्ली जोड्ने सडकको विभिन्न ठाउँमा ३९० मिटर ढलान गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी रबिन चोखालले जानकारी दिए ।
    
सडक स्तरोन्नतिपछि बागलुङको ताराखोलाबाट म्याग्दीको मङ्गला गाउँपालिका(३ र ४ वडामा पर्ने बरङ्जा, अर्मन, बेनी नगरपालिकाका मुसुङडोले, थामडाँडा, बास्कुना, अर्जेखोलालगायत भकिम्ली, हल्लेगौडा, दूधेखोला र बगरफाँटका बासिन्दालाई सहज हुनेछ । यहाँ उत्पादित सुन्तला, फलफूल, तरकारी, दूधलगायतका कृषि उपजको बजारीकरण र आवतजावतमा सहज हुने भएपछि स्थानीय खुसी भएका छन् । 

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ७ : ५१ बजे

अमेरिका–इरान सम्झौता ‘धेरै नजिक’

वाशिङ्टन डीसी- अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव अन्त्यका लागि

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार