नयाँ वर्ष उन्नति र प्रगतिका लागि विशेष वर्ष बनोस् : खिलराज रेग्मी « Khabarhub

नयाँ वर्ष उन्नति र प्रगतिका लागि विशेष वर्ष बनोस् : खिलराज रेग्मी


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी नयाँ वर्ष भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिका लागि आधार वर्षका रूपमा रहने विश्वास व्यक्त गरेका छन् ।

नयाँवर्ष २०८३ सालको उपलक्ष्यमा दिएको सन्देशमा उनले आमनेपालीको उन्नति र प्रगतिका लागि नयाँ वर्ष विशेष वर्षका रूपमा स्थापित हुन सकोस् भनी कामना गरेका छन् ।

नेपाली राजनीतिक इतिहासमा प्रजातन्त्र र जनअधिकारका लागि पटकपटक क्रान्ति र आन्दोलन भएको स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले भने, ‘भ्रष्टाचार निवारण र सुशासनको विषय प्रतिबद्धतामा रह्यो, व्यवहारमा सार्थक भएन ।’

जेनजी आन्दोलनले दिएको मुख्य दिशानिर्देश भ्रष्टाचार निवारण र सुशासन भएको बताउँदै उनले आन्दोलनकारीको बलिदानपूर्ण अमूल्य रगतको मर्म र भावनाअनुरूप अघि बढ्नु नेपाली मात्रको कर्तव्य र दायित्व भएको स्पष्ट पारे ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले भने, ‘सरकारको कार्यशैली सकारात्मक दिशातिर उन्मुख छ । सुशासन भनेको विधिको शासन हो । नववर्षले सबैमा नयाँ उत्साह र उमङ्ग ल्याओस् । यस वर्ष राष्ट्र निर्माण र समस्त नेपालीको उन्नति एवं प्रगति होओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १२ : ०४ बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई