आज २०८३ साल वैशाख ३१ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख ३१ गते बिहीबारको राशिफल


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख ३१ गते बिहीबार । जेठ कृष्ण पक्षको द्वादशी तिथि । तदनुसार सन् २०२६ मे १४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज जोगिएर काम गर्नुपर्ने दिन छ । कुनै कुराले मनमा खिन्नता बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । मित्र बढ्नेछन् ।

वृष : तपाईंका लागि दिन राम्रो छ । सोचेका काम बन्नेछन् । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । शिक्षामा जोसजाँगर बढ्ने । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

मिथुन : दिन सामान्य राम्रो छ । जिम्मेवारी थपिने छ । स्वास्थ्यमा समस्या आउने जोखिम छ । निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारबाट फाइदा हुनेछ ।

कर्कट : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य छ । घाटा बढ्ने जोखिम छ । जिम्मेवारी थपिँदै जानेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा गरेको गहन अध्ययनले काम गर्नेछ ।

कन्या : कृषि सम्बन्धी लगानीबाट फाइदा हुनेछ । भूमि सम्बन्धी कारोबारबाट नाफा हुनेछ । दाजुभाइसँगको एकताबाट गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ ।

तुला : सम्पत्तिका स्रोत पत्ता लाग्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । यात्रा गर्ने भए दक्षिणतर्फ नजानु राम्रो हुन्छ ।

वृश्चिक : मन शान्त रहनेछ । आफ्नो कर्मप्रति आनन्दबोध हुनेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । विपक्षी साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन् । परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने दिन छ ।

धनु : सानो कुराले मन अशान्त बन्ने जोखिम छ । आफूले आफूलाई सम्हाल्ने प्रयास गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा भएको ढिलासुस्तीले घाटा हुनेछ । परीक्षाको तयारीमा भए गहिरो अध्ययन गर्नुपर्नेछ ।

मकर : दिन राम्रो छ । आम्दानी बढ्नेछ । व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्नेछ । विदेशमा भन्दा स्वदेशमा प्राप्त अवसरबाट मन खुशी हुनेछ । परिवारबाट धोका हुने भएकाले सचेत बन्नु उचित हुनेछ ।

कुम्भ : दिन राम्रो छ । मन शान्त रहनेछ । आज धन प्राप्त हुनेछ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने योग छ । सामान्य विषयमा पनि विवादमा पर्ने जोखिम रहेको छ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

मीन : शिक्षामा प्रगति हुनेछ । बोलीमा मिठास आउने योग रहेको छ । लगानी नै गर्ने भए परिवारको तर्फबाट गर्नु उचित हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा दैनिकी सहज बन्नेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ५ : १३ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि