विराट कोहलीको शतक : कोलकातालाई हराउँदै आरसिबी आइपिएलको शीर्ष स्थानमा « Khabarhub

विराट कोहलीको शतक : कोलकातालाई हराउँदै आरसिबी आइपिएलको शीर्ष स्थानमा


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

रायपुर – विराट कोहलीको अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बेन्गलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै आरसिबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

रायपुरमा बुधबार राति सम्पन्न खेलमा कोलकाताले दिएको १९३ रनको लक्ष्य आरसिबीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

आरसिबीको जितका नायक विराट कोहली रहे । उनले ६० बलमा १०५ रनको विस्फोटक अविजित इनिङ्स खेले । उत्कृष्ट ब्याटिङ गरेका कोहली ‘प्लेयर अफ द म्याच’ बने ।

पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । तर, कोहलीको लयका अगाडि कोलकाताका बलर निरिह देखिए ।

पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनायो । कोलकाताका लागि अंगकृष रघुवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ७१ रन बनाए । उनको इनिङ्समा ७ चौका र ३ छक्का समावेश थिए ।

अन्त्यतिर रिंकु सिंहले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ४९ रनको महत्वपूर्ण योगदान दिए । इनिङ्सको सुरुवातमा फिन एलेनले ८ बलमा १८ रनको तेज पारी खेले भने कप्तान अजिंक्य रहाणेले १३ बलमा १९ रन जोडे । क्यामरन ग्रीनले पनि २४ बलमा ३२ रनको योगदान दिए ।

तालिकाको शीर्ष स्थानमा उक्लिएको आरसिबीले १२ खेल खेल्दै आठ जित निकाल्दै १६ अंक जोडेको छ । समान अंक भए पनि गुजरात टाइनेन्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । ११ खेल खेलेको कोलकाता भने ९ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ६ : ०७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल