सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका « Khabarhub

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो ।

शरद र वसन्त याममा विश्वको सातौँ अग्लो (८ हजार १७६ मिटर) धौलागिरि हिमाल आरोहण गर्ने र धौलागिरिको फेदी हुँदै मुस्ताङको मार्फा निस्कने चक्रीय धौलागिरि पदमार्गमा आउने पर्यटकले भरिभराउ हुने मुदी अहिले सुनसान छ ।

पर्यटक, पथप्रर्दशक र मजदुरहरुको लहर देखेर मुदीमा धौलागिरि सामुदायिक घरवास स्थापना गरेका व्यवसायी गणेश घर्तीले अहिले व्यवसाय बन्द गरेर बाख्रापालन शुरु गर्नुपरेको बताए ।

मुदीमा रहेका करिब ५० जना क्षमताका पाँच घरवास सञ्चालकको मात्र नभएर याममा पर्यटकको भारी बोकेर जिविकोपार्जन गरिरहेकाहरुको रोजगारी खोसिएको उनले गुनासो गरे ।

पर्यटक र पर्वतारोहीहरु हेलिकप्टर चढेर सिधै आधार शिविर पुग्नुका साथै जलविद्युत आयोजनाहरुले निर्माण गरेको पहुँचमार्गले पदमार्ग मासिएको र नौ दिनको यात्रा दुई दिनमा छोटिदा मुदी, नाउरा, बगरका सन्नटा छाएको धवलागिरि–४ का वडाध्यक्ष यामप्रसाद घर्तीले बताए ।

मुदी–गुर्जा पदमार्गको सम्भाव्यता अध्ययन गर्न र धौलागिरि संरक्षण क्षेत्र बनाउन घर्तीद्धयले माग गरे । ‘फोरटिन पिक्स एक्सपिडिसन’का स्थानीय प्रतिनिधी इन्द्रसिंह शेरचनका अनुसार भरियालाई सामान बोकाउनुको विकल्पमा हेलिकप्टरबाट ढुवानी गर्दा सस्तो पर्ने भएकाले पर्यटक र पर्वतारोहीहरुले पदयात्रा प्रयोग गर्न छाडेका हुन् ।

धौलागिरि फेदीमा आरोहण दिवस
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुगेका थिए । पर्यटन विभागका अनुसार ६६ वर्षमा सात सय ३३ जनाले धौलागिरि आरोहण गरेका छन् । धौलागिरि फेदीमा रहेको मुदीमा बुधबार ६६ औ आरोहण दिवसको अवसरमा छोटिएको पदमार्ग, जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको असर र विकल्पको खोजीमा सरोकारवालाहरुबीच बहस र छलफल भयो ।

गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पहिलो पटक हिमाल अवस्थित वडाको भूगोलमा दिवस मनाइएको हो । कार्यक्रममा वक्ताले पदयात्रा मार्गमा सडक पुग्दा विदेशी पर्यटक र पदयात्राको समय घटेको तथा धवलागिरि सर्किटमा पूर्वाधार अभाव भएको प्रति चिन्ता व्यक्त गरेका थिए ।

समारोहमा गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले धवलागिरि लगायत गण्डकी प्रदेशका हिमालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न सके स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने गरी पर्यटकको आगमन हुने बताए ।

प्रदेशसभा सदस्य रेशम जुग्जालीले जनताले आफ्नो गाउँमा मोटरबाटो पुगेको एउटै सपना देख्ने भएकाले वैकल्पिक पदमार्गको विकास र आन्तरिक पर्यटक केन्द्रीत कार्यक्रम आवश्यकता रहेको बताए ।

दोभानदेखि सल्लाधारी हुँदै इटाली आधार शिविरसम्म सडक विस्तारको सम्भावना नभएको र त्यहाँ पर्यटकहरुलाई आवासको समस्या रहेकाले त्यो क्षेत्रमा व्यवसाय विस्तार गर्न सांसद जुग्जालीले मुदीबासीलाई सुझाव दिए ।

धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धवलागिरि सर्किटसँगै गुर्जाबाट डोल्पा निस्कने रूट, ढोरपाटन शिकार आरक्ष जोड्ने रूटको पनि विकास प्रवद्र्धन गर्नुपर्ने बताए ।

पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले धवलागिरिको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउनुपर्ने आवश्यकता औँल्याए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले हिमाल आरोहणमा स्थानीयले पहल लिनुपर्ने सुझाए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख रविन कडरियाले एक्यापकै मोडेलमा धवलागिरि संरक्षण क्षेत्र विकास गर्न सके यहाँको सम्भावना प्रचुर रहेको बताए । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धवलागिरिलाई एक्यापको मोडेलमा लैजान उपयुक्त हुने बिचार व्यक्त गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ९ : २८ बजे

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका- ५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले

सगरमाथा आरोहण मार्ग खुला

काठमाडौँ– यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला

गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ?

अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो

नीति तथा कार्यक्रम : बालेन सदनमा जवाफ दिन नजाने

काठमाडौँ– सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

कास्की– कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ