मैवाखोलामा आगलागी, एक घर जलेर नष्ट « Khabarhub

मैवाखोलामा आगलागी, एक घर जलेर नष्ट


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– जिल्लाको मैवाखोला गाउँपालिका-६ हाफाबुङमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आज बिहान भएको आगलागीबाट स्थानीय रामकुमार लिम्बुको तीन तले कच्ची घर जलेर नष्ट भएको हो। 

आगलागीबाट करिब रु १६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरको माथिल्लो कोठामा छ वर्षीया आइसा लिम्बूले लाइटर खेलाउने क्रममा अचानक आगो सल्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । 

मैवाखोला-६ का वडाध्यक्ष राजमान लिम्बूले आगलागीको खबर गरेपछि अस्थायी प्रहरी चौकी फाकुम्बाबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ३ : ३२ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्