सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता « Khabarhub

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता भएको छ।

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बिहीबार उक्त सम्झौता गरिएको हो।

सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक प्रेम प्रसाद आचार्य र इन्स्टिच्युटका अध्यक्ष तथा वरिष्ठ चिकित्सक भगवान कोइराला ले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमार्फत आफ्ना सन्ततिका लागि कोषअन्तर्गत उपलब्ध स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूले योगदानकर्तामैत्री स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय उपचारमा पहुँच अभिवृद्धि तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई देशभर सहज स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्न विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ४ : ४९ बजे

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ