ओमान तटमा भारतीय जहाजमा आक्रमण, भारतद्वारा निन्दा, चालक दल सुरक्षित « Khabarhub

ओमान तटमा भारतीय जहाजमा आक्रमण, भारतद्वारा निन्दा, चालक दल सुरक्षित


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहीबार भएको आक्रमणको भारतले निन्दा गरेको छ । भारतले उक्त घटनालाई अस्वीकार्य भन्दै मध्यपुर्व द्वन्द्वको बिचमा समुद्री गतिविधिको स्वतन्त्रताको रक्षाको महत्वलाई प्रष्ट परेको छ ।

विज्ञप्ति जारी गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले होर्मुजको जलक्षेत्रमा व्यापारिक जहाज माथि निरन्तर लक्षित गरेकोमा भारतले खेद व्यक्त गरेको बताएका छन् । विज्ञप्तिमा ओमानको तटमा भारतीय जहाजमा भएको आक्रमण अस्वीकार्य रहेको उललेख गर्दै व्यवसायिक ढुवानीलाई लगातार लक्षित गरि गरिएको आक्रमणको निन्दा गरिएको छ ।

ओमानका अधिकारीहरूले गरेको उद्धार प्रयास पछि जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्यहरू सुरक्षित रहेको मन्त्रालयले पुष्टि गरेको छ । जहाजमा रहेका सबै भारतीय चालकदलका सदस्यहरू सुरक्षित उद्धार गरेकोमा ओमानी अधिकारीहरूलाई विज्ञप्ति मार्फत धन्यवाद दिएको छ । भारतले होर्मुजको अन्तर्राष्ट्रिय जल क्षेत्रमा सञ्चालन हुने सामुद्रिक व्यापार मार्ग र नागरिक कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएको छ ।

भारतले व्यावसायिक ढुवानीलाई लक्षित गर्ने र निर्दोष चालक दलका सदस्यहरूलाई खतरामा पार्ने, र वाणिज्यको स्वतन्त्रतामा बाधा पुर्याउने कार्य यथासिग्र रोक्नु पर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । खाडी क्षेत्रमा बढ्दो तनाव र प्रमुख अन्तर्राष्ट्रिय जल क्षेत्र नजिकै समुद्री सुरक्षामा बढेको चिन्ताको बीचमा यो घटना भएको हो । यसअघि युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) ले संयुक्त अरब इमिरेट्सको तट नजिकै एउटा जहाज जफत भएको रिपोर्टसहित खाडी क्षेत्रमा समुद्री सुरक्षा घटनाको रिपोर्ट गरेको थियो ।

जहाजको कम्पनी सुरक्षा अधिकारी (सिएसओ) ले जहाजमा अनधिकृत व्यक्तीहरू चढी कब्जा गरिएको र पछि इरानी क्षेत्रीय जलतर्फ गइरहेको जानकारी दिएको छ । युकेएमटीओले संयुक्त अरब इमिरेट्सको फुजैराहको उत्तरपूर्वमा ३८ एनएमको घटनाको रिपोर्ट प्राप्त गरेको जनाएको छ । युकेएमटिओले घटनाको अनुसन्धान जारी रहेको र यस क्षेत्रमा सञ्चालित जहाजहरूलाई सतर्क रहन र कुनै पनि संदिग्ध गतिविधिको रिपोर्ट गर्न सल्लाह दिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ५ : २१ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग