श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय « Khabarhub

श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति नलिई विदेशमा श्रम गर्न पुगेका नेपाली श्रमिकको पनि मृत्य भएको खण्डमा शव स्वदेश ल्याउने व्यवस्था मिलाउने भएको छ ।

यसअघि मन्त्रालयले वैदेशिक रोजगारबाट श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको हकमा मात्रै मृत्यु भएमा शव स्वदेश ल्याउने नीति रहेको थियो । मन्त्रालयमा आज बसेको मन्त्रीस्तरीय विकास समस्या समाधान समिति बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले उक्त व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

उनका अनुसार वैदेशिक रोजागरमा श्रम स्वीकृति नलिई जानेको सङ्ख्या धेरै रहेको र त्यहाँ मृत्युसमेत हुने हुँदा उद्धार गर्ने अवस्था नभएको गुनासो आउने गरेको छ । यसले नेपाली नागरिकको समस्या समाधान गर्न मन्त्रालयले सरल नीति ल्याउनुपर्ने उनको धारणा थियो । यसैअनुरूप मृत्यु भइसकेको खण्डमा श्रम स्वीकृतिको कागज नभएर शव विदेशमै अलपत्र पर्नुपर्ने स्थिति हटाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘मृत्यु भइसकेपछि श्रम स्वीकृतिको कागज कुरेर बस्ने होइन, राज्यले जिम्मेवारी लिनैपर्छ ।’

कार्यक्रममा उनले वैदेशिक रोजगारलाई बाध्यता नभइ विकल्पका रूपमा अपनाउने परिस्थिति सिर्जना गर्न आन्तरिक रोजगार प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राखे । साथै, मन्त्रालयको आगामी आर्थिक वर्ष २०८२र०८३ को तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री यादवले पुँजीगत खर्च बढाउन र जनतामुखी सेवामा जोड दिन विभाग र मातहतका निकाय प्रमुखलाई निर्देशन दिए ।

बैठकमा सचिव डा दिपक काफ्लेले सरकारको गतिअनुसार कर्मचारीले आफ्नो रफ्तार बढाउन आग्रह गरे । बैठकमा सहभागी राष्ट्रिय योजना आयोगका सदस्य डा पुकार मल्लले समस्याभन्दा पनि समाधानसहितको कार्ययोजना बनाउन सुझाव दिए । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयको तेस्रो त्रैमासिक समीक्षा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ८ : ५३ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौं – जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

आईपीएल : मुम्बईलाई पञ्चाबले दियो २०१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पंजाब किंग्सले मुम्बई इन्डियन्सलाई

एमालेले पनि गर्‍यो संसद् बैठक बहिष्कार

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोध थप चर्किएको छ

अर्थमन्त्रीले भने : सबै दलको साझा चिन्तन र एजेण्डा समेटेर नीति तथा कार्यक्रम बनाएका छौँ

काठमाडौं – सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै दलहरूको साझा

हामी कम्युनिस्ट होइनौं : अर्थमन्त्री वाग्ले

काठमाडौं – नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिँदै