दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू « Khabarhub

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको अनुकुलता अनुसार घरबाटै काम गर्ने प्रणाली लागू गर्न आदेश दिएकी छन् ।

निजी कम्पनीलाई पनि त्यसो गर्न आग्रह गरिने निर्णयमा उल्लेख गरिएको छ । निर्णयअनुसार सरकारले अब सार्वजनिक कार्यालयका ५० प्रतिशत बैठक अनलाइन माध्यमबाट गर्नुपर्नेछ ।

उनले भनिन्, ‘सरकारले केन्द्र सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको इन्धन बचतका लागि वैकल्पिक उपाय सोच्न दिएको निर्देशन अनुसार इन्धन बचतका लागि ‘दुई दिन घरबाट सेवा’ गर्ने निर्णय गरेको छ । यो कार्यक्रम सरकारी र निजी दुई तहमा लागू गरिनेछ । श्रम विभागले यसको नियमन र अनुगमन गर्नेछ ।’

सरकारले धेरै कामदार रहेका कम्पनीहरूलाई पनि उनीहरूको अनुकुलतामा हप्तामा दुई दिन घरबाट नै काम गर्ने वातावरण मिलाउनका आग्रह गरेको छ । इन्धन बचत तथा आर्थिक मितव्ययीताका लागि सरकारका मन्त्री, विधायकलाई अनावश्यक विदेश भ्रमण स्थगित गर्न भनिएको छ । दिल्ली सरकारले तीन महिनासम्म ठूला सार्वजनिक कार्यक्रम नगर्ने भएको छ ।

मुख्यमन्त्री रेखा गुप्ताले ऊर्जा संरक्षण र स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि मल र बजारमा ‘मेड इन इन्डिया’ उत्पादनका लागि प्राथमिकता दिन भनेको छ । मुख्यमन्त्रीले विद्युतीय सवारी नीति तयार भएको र छिट्टै कार्यान्वयन हुने बताइन् ।

सरकारी कार्यालयहरूमा एयर कन्डिसनर स्थायी रूपमा २४–२६ डिग्रीमा सेट गरिनेछ। पावर कन्ट्रोलका लागि सेन्सर जडान गरिनेछ । यो अभियान मे १५ देखि सुरु हुनेछ । यद्यपि, अत्यावश्यक सेवालाई यसबाट बाहिर राखिएको छ । मुख्यमन्त्री स्वयंले आफ्नो कार्यालयको सवारी साधनको सङ्ख्या १३ बाट घटाएर चारमा झार्नुभएको छ। दिल्लीले हप्तामा एक दिन सवारी साधनविहीन दिनको पनि घोषणा गरेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  १० : ५८ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले