गगन भन्छन् : २०१५ सालका बीपीलाई जस्तै बालेनलाई ऐतिहासिक अवसर मिलेको छ « Khabarhub

गगन भन्छन् : २०१५ सालका बीपीलाई जस्तै बालेनलाई ऐतिहासिक अवसर मिलेको छ


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई अहिले २०१५ सालमा बीपी कोइरालालाई मिलेजस्तै देशलाई एक फड्को अगाडि लैजाने अवसर मिलेको बताएका छन् ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘सुवर्ण शमशेर इकोनोमिक शृङ्खला–१’ को पहिलो कार्यक्रममा थापाले यो सरकारलाई ऐतिहासिक अवसर मिलेको बताएका हुन्।

आर्थिक वर्ष २०८३/८४ को बजेटबारेमा पनि टिप्पणीका क्रममा उनले प्रचण्ड बहुमत पाएको वर्तमान सरकारलाई ऐतिहासिक अवसरको सदुपयोग गर्न आग्रह पनि गरेका छन्।

कार्यक्रममा ‘बजेटले लिएको दिशा र आमअपेक्षा’ विषयमा सम्बोधन गर्दै सभापति थापाले भने, ‘२०१५ र २०४८ सालको सरकारलाई जस्तै यस पटक वालेन्द्र शाह नेतृत्वको सरकारलाई पनि व्यापक समर्थन मिलेको छ । यो नियमित निर्वाचनबाट आएको सरकार होइन, ठूलो आन्दोलनबाट आएको सरकार हो ।’

उनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनलाई स्मरण पनि गरेका छन् ।

‘शासकको जवाफदेहिता र मर्यादित जीवनको खोजीले गर्दा भएको आन्दोलनको बलमा फागुन २१ गते राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड बहुमत पाएर सरकार बनाएको हो’, उनले भने, ‘अहिले यस सरकारलाई राम्रो माहोल छ । बजेट ल्याउने र कार्यान्वयन गर्ने सबै अधिकार यसै सरकारलाई छ ।’

संरचनागत समस्या र बजेट

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा औंल्याएका संरचनागत समस्याप्रति संकेत गर्दै उपचार ठिक भएमात्रै प्रेसक्रिप्सनलाई सही मान्न सकिने बताए ।

‘समस्याको उपचार ठिक भयो भने प्रेस्क्रिप्सन पनि ठिक मान्न सकिन्छ । बजेट ठिक छ कि छैन अहिले म हेर्दिनँ । हामी यो सरकार पाँच वर्ष चलोस् भन्ने चाहन्छौं’, उनले भने।

थापाले पुराना दलहरू कांग्रेस र एमाले अहिले सरकारको असफलताको प्रतिक्षामा नरहेको स्पष्ट पारे।

ऐतिहासिक तुलना

सभापति थापाले २०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा कांग्रेसले दुईतिहाइ बहुमत पाएको र २०४८ सालको कांग्रेस सरकारको अनुभव स्मरण गरे ।

‘२०१५ मा बीपीले पाँच वर्ष सरकार चलाउन पाएको भए नेपाल धेरै अघि बढिसकेको हुन्थ्यो । २०४८ मा पनि हामीले अवसर पाएका थियौं तर आन्तरिक विवादले सदुपयोग गर्न सकेनौं’, उनले भने, ‘अहिले मिलेको यो ऐतिहासिक अवसरलाई वर्तमान सरकारले पूर्ण सदुपयोग गर्न सक्नुपर्छ ।’

कार्यक्रममा थापाले २०७२ को भूकम्पपछि कांग्रेसको आर्थिक नीतिले मुलुकलाई धक्काबाट जोगाएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ५ : ४३ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा