अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ « Khabarhub

अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ


३१ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै वर्तमान सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरू समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरू खुलिरहेको बताए । 

उनले १ खर्बभन्दा बढी बिगो मागसहित नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल अहिले न्यायिक प्रक्रियामा रहेको जानकारी दिए । 

मन्त्री वाग्लेले मुलुक कहिल्यै बन्दैन भनेर युवाहरू विदेशिनुपर्ने भाष्य चिर्न सरकारले अर्थव्यवस्थामा देखिएको सम्पूर्ण उल्झनलाई हटाउने अभियान सुरु गरेको बताए । 

उनले युवाहरूलाई बिदेसिन नपरोस् भन्नका लागि मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन सरकार ५ वर्षको स्पष्ट रोडम्यापसहित अघि बढिरहेको दाबी समेत गरे ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मन्त्रालयको करिब ८० प्रतिशत काम वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानमै केन्द्रित भइरहेको बताए । 

उनले नीतिगत सुधारका लागि १०० दिनभित्रै वैदेशिक रोजगार ऐन संशोधन गरेर आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने दिशामा सरकार अघि बढेको जानकारी दिए । 

उनले युवाहरूलाई रोजगार खोज्ने मात्र नभई अवसर पहिचान गर्ने र असफलतासँग नडराई सानै स्तरबाट भए पनि उद्यम सुरु गर्न जोड दिए ।

विश्व बजारलाई लक्ष्य गर्दै नेपालको अदुवा, चियादेखि लिएर सूचना प्रविधि (आईटी) क्षेत्रसम्म निर्यात गर्नुपर्नेमा उनले जोड दिए । 

साथै, वैदेशिक रोजगारीका लागि खाडी लगायतका मुलुकमा जाने श्रमिकहरूको हकमा न्यूनतम ५०० अमेरिकी डलरभन्दा कम तलबमा श्रम स्वीकृति नदिने अडान सरकारले लिएको उनले स्पष्ट पारे । 
  

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ६ : ५५ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य