बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण « Khabarhub

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज घर हस्तान्तरण गरिएको छ । 

गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरबार विहीन भएका भङ्गहा नगरपालिकाका दलित, गरिब र अति विपन्न ७३ परिवारलाई नयाँ घर निर्माण गरी आज हस्तान्तरण गरिएको हो । 

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा साझेदार संस्था दलित समाज उत्थान समिति नेपालले नगरभित्र सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत यहाँका बाढी पीडित परिवारलाई निर्माण सामग्री सहयोग गरी घर बनाएर आज सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको हो । 

भङ्गहा-४ स्थित थारुटोलमा आज आयोजित एक कार्यक्रममा नगरप्रमुख सञ्जीवकुमार साहलाई गुड नेवर्स इन्टरनेशनलका प्रतिनिधि टुपेन्द्र खुलाल र दलित समाज उत्थान समितिका प्रतिनिधि रामभजन महतोले संयुक्त रूपमा घरको प्रमाणपत्र हस्तान्तरण गए ।  

सहयोगी संस्थाले भङ्गहा-१ मा एक, वडा नं २ मा तीन, वडा नं ३ मा आठ, वडा नं ४ मा १२, वडा नं ५ मा आठ, वडा नं ६ मा १२, वडा नं ७ मा आठ, वडा नं ८ मा पाँच र वडा नं ९ मा १६ वटा घर निर्माण गरेका छन् । 

एक करोड एक लाख ७१ हजार ५७४ खर्च गरेर निर्माण गरिएका ७३ वटा घरबाट ३७५ जना प्रत्यक्ष लाभान्वित भएका एकीकृत सामुदायिक विकास परियोजनाले जनाएको छ ।

घर हस्तान्तरण कार्यक्रममा नगरप्रमुख साहले पालिकाभित्रका दलित, गरिब र अति विपन्न बाढी पीडित ७३ परिवारलाई घर बनाउन सहयोग गर्ने सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरे । 

उनले पालिकाभित्र यी संस्थाहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार, बालविवाहमुक्त अभियान, आयआर्जनलगायत क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गरे । उनले नगरको समग्र विकासका लागि आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे । 

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ७ : ४५ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको