आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा « Khabarhub

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका सर्लाहीका विवेक मण्डलका सन्तानको शिक्षा–दीक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय मण्डलको आज बिहान २:४० बजे उपचारका क्रममा निधन भएको थियो । मण्डलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सभापति थापाले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कठिन घडीमा आफू शोकसन्तप्त परिवारको साथमा रहेको उल्लेख गर्दै थापाले मण्डलका सन्तानको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताएका छन्।

“यस शोकपूर्ण घडीमा स्वर्गीय विवेक मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,” थापाले भनेका छन्, “यस कठिन घडीमा म शोकसन्तप्त परिवारको साथमा छु । स्वर्गीय विवेक मण्डलका सन्तानको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु।”

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १० : ४३ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,