टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ « Khabarhub

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ । नगरप्रमुख प्रकाश अधिकारीले घर र सडक पहिचान गर्न सहज हुनेगरी तयार गरिएको ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को सोमबार शुभारम्भ गरे ।

नगरप्रमुख अधिकारीले टोखाले नगरपालिकालाई प्रविधिमैत्री नगरपालिकामा लैजानका लागि ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को सुरुवात गरेको जानकारी दिए । टोखा–९ बाट सुरु गरिएको उक्त प्रणालीलाई टोेखाका ११ वटै वडामा जडान गरिने उनको भनाइ थियो ।

उक्त प्रणाली जडान गरेसँगै घर ठेगाना सहजै पत्ता लगाउनका साथै विपद्को समयमा एम्बुलेन्स, दमकललगायतका उपकरण पठाउन सहज हुने नगरप्रमुख अधिकारीको भनाइ छ । उक्त प्रणालीले भौगोलिक स्थान र सडकको दूरीका आधारमा प्रत्येक घरलाई छुट्टै विशिष्ट पहिचान (घर नम्बर) प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका सूचना शाखा प्रमुख वसन्त पाठकले मेट्रिक ठेगाना प्रणालीमा सम्बन्धित सडकको सुरु विन्दुबाट घर कति दूरीमा छ, सोही आधारमा घरको ठेगाना निर्धारण गरिने बताए । यसले गर्दा अपरिचित व्यक्ति वा सेवा प्रदायकलाई कुनै पनि घर वा भवन सजिलै पत्ता लगाउन सहज हुनेछ ।

तीन वर्ष लगाएर गरिएको अध्ययनअनुसार टोखाभित्र २८ हजार ६४६ भवन, २६ हजार ६१६ घर र २९६ किलोमिटर सडक लम्बाइको नक्साङ्कन गरिएको छ । टोखामा २६ हजारभन्दा बढी घर भए पनि तत्कालका लागि १९ हजार घरमा उक्त प्रणाली लागू गरिने नगरप्रमुख अधिकारीले बताए ।

उक्त प्रणाली जडान भएसँगै एम्बुलेन्स, दमकल र प्रहरीलाई सम्बन्धित घरसम्म समयमै पुग्न सजिलो हुने, नक्सापास, राजस्व सङ्कलन र विपद् व्यवस्थापन जस्ता सेवाहरूलाई एकीकृत गरी थप प्रभावकारी बनाउन सहज हुने बताइएको छ । यसैगरी, व्यवसायीका लागि आवश्यक तथ्याङ्क उपलब्ध हुनुका साथै सामान डेलिभरी गर्न सहज हुनेछ ।

टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले टोखालाई आधुनिक र व्यवस्थित सहरको रूपमा स्थापित गर्नका लागि यस्ता प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १० : ४६ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको