सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल « Khabarhub

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२ किलोमिटर सडक ग्राभेल सम्पन्न भएको छ ।

तराई र पहाड जोड्ने यस सडकको निर्माण समयमै सम्पन्न हुन नसकेपछि चार पटक म्याद थप गर्दै पाँच वर्षपछि ग्राभेलको काम सकिएको हो । तीस महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७८ साल कात्तिक ५ गते स्वच्छन्द–ओमबुद्ध जेभी, काठमाडौँले ठेक्का पाएको थियो ।

२०८० साल वैशाखमै ग्राभेल सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि पटक–पटक म्याद थप गरिएको थियो । गत मङ्सिरमा तेस्रो पटक म्याद थप गरिएको भए पनि काम नसकिएपछि गत जेठ मसान्तसम्मका लागि अन्तिम पटक एक महिनाको म्याद थपिएको थियो ।

२५ करोड ६१ लाख ३१ हजार १६६ को लागतमा उक्त सडकखण्ड स्तरोन्नति गरिएको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सूचना अधिकारी परीक्षा पौडेलले जानकारी दिए । उनका अनुसार ग्राभेल सम्पन्न भएपछि ढोरपाटन–फल्लेघर खण्डको यात्रा व्यवस्थित भएको छ । निर्माण कम्पनीले सुरुदेखि नै अपेक्षाअनुसार काम नगर्दा परियोजना समयमै सम्पन्न हुन नसकेको उनले बताए ।

‘ढिलै भए पनि सडक ग्राभेल भयो । लामो समय सडक अलपत्र थियो, अहिले सडकको अवस्था राम्रो भएको छ’, पौडेलले भने, ‘ग्राभेल सम्पन्न भएपछि तत्काल कालोपत्र गर्न पाए सडक अझ व्यवस्थित हुन्थ्यो । तर त्यसका लागि बजेट छैन । विभागबाट बजेटको व्यवस्था भएपछि कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढ्छ ।’

२०६८ सालमा रुपन्देहीबाट सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, पाल्पा, गुल्मी हुँदै बागलुङको ढोरपाटनसम्म जोडिएको छ । रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षाअनुसार प्रगति हुन सकेको थिएन ।

सडक ग्राभेल भएपछि बुर्तिबाङ बजारदेखि फल्लेघरसम्मको यात्रा सहज भएको ढोरपाटन नगरपालिका–९ का थमनबहादुर घर्तीले बताए । उनका अनुसार यसअघि २२ किलोमिटर दूरी पार गर्न झण्डै साढे दुई घण्टा लाग्ने गरेकामा अहिले ४५ मिनेटमै यात्रा पूरा गर्न सकिन्छ । सडक सुधार भएपछि ढोरपाटन आउने पर्यटक र स्थानीयवासी दुवैलाई सहज भएको उनले बताए ।

‘पोहोरसम्म यो बाटोको अवस्था निकै बेहाल थियो । अहिले धेरै राम्रो भएको छ । ठेकेदारले चाह्यो भने काम हुने रहेछ’, घर्तीले भने, ‘यतिका वर्ष सडक नबन्दा स्थानीयले धेरै दुःख पाए । घुम्न आउने पर्यटकले पनि समस्या भोगे । अब सरकारले कालोपत्र गरिदियो भने यस क्षेत्रको मुहार नै फेरिनेछ ।’

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले सडक व्यवस्थित भएसँगै ढोरपाटनमा उत्पादन हुने स्याउ, आलु, सिमीलगायतका कृषि उपज बजारीकरण गर्न सहज हुने बताए ।

पछिल्लो समय ढोरपाटन, बुकीपाटन र जलजला क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले सडक सुधारले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ११ : २४ बजे

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

धरान-धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्

हर्मुज जलघाँटीसम्बन्धी विधेयक इरानी संसद्‌मा दर्ता

एजेन्सी– हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच तनाव