ज्ञानेन्द्र शाहीको प्रश्न : सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ? « Khabarhub

ज्ञानेन्द्र शाहीको प्रश्न : सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ?


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही हुने तर, प्रधानमन्त्री र गृहमन्त्रीलाई किन नहुने भनेर प्रश्न गरेका छन् ।

मंगलबार संसद्मा बोल्दै शाहीले ‘ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही हुन्छ भने, सिटबेल्ट नलाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन’ भनेर प्रश्न गरे । उनले न्याय सबका लागि बराबर हुनुपर्ने बताए ।

आफूहरूले कानुन हटाउन नभनेको तर, कानुन सबैलाई बराबर गर्न माग गरेको पनि बताए । साथै, उनले गणेश नेपालीलाई जलेपछि हिँडाएको र जलन अस्पतालमा नलगेर वीर अस्पतालमा उपचार गरिएको भन्दै पनि आलोचना गरे ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ११ : ४० बजे

प्रतिनिधिसभाको बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा अहिले

कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षणमा जोड

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखालमा कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षण

राष्ट्रपतिसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष

एसियाली खेलकुद : नेपालले खोल्यो जितको खाता

काठमाडौँ – जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले

राष्ट्र बैंकबाट ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ– नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष