देश संकटमा छ, लोकतन्त्र र संविधान जोगाउन सबै दल एक हुनुपर्छ : अमरेश सिंह « Khabarhub

देश संकटमा छ, लोकतन्त्र र संविधान जोगाउन सबै दल एक हुनुपर्छ : अमरेश सिंह


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेकुमार सिंहले देश संकटमा रहेको बताएका छन् । मंगलबार संसदमा बोल्दै सांसद सिंहले सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिने बताए ।

‘आज हाम्रो राज्य संकटमा छ, तर, संसदबाट यो भाष्य नबनाऊँ भने, जो हिजो जो प्रतिपक्षमा थियो, तर, जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँको नरहौँला,  आज देशमाथि संकट छ, जनतामाथि संकट छ, चारैतिर व्यवसायीदेखि लिएर, नागरिकदेखि लिएर युवादेखि लिएर विद्यार्थीसम्म निराशा छ’, उनले भने ।

सांसद सिंहले संसदबाट निराशा नबाँड्न भन्दै संसदभित्रका सबै दल एक भएर राष्ट्रिय मुद्दा तय गर्नुपर्ने बताए । 

‘हामी यो निराशा नबाढौँ, हामी यसको समाधान गरौँ, बरु मिल्छ भने सभामुखज्यूलाई म आग्रह गर्न चाहन्छु, यहाँ संसदभित्र उपस्थित सबै दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ, जनतालाई भनौँ हामी सम्पूर्ण दल मिल्यौँ भने मात्र यो राष्ट्र बाँच्न सक्छ, संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ, देशको नैराश्यता हट्न सक्छ’, उनले भने ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : १० बजे

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई