देश संकटमा छ, लोकतन्त्र र संविधान जोगाउन सबै दल एक हुनुपर्छ : अमरेश सिंह « Khabarhub

देश संकटमा छ, लोकतन्त्र र संविधान जोगाउन सबै दल एक हुनुपर्छ : अमरेश सिंह


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेकुमार सिंहले देश संकटमा रहेको बताएका छन् । मंगलबार संसदमा बोल्दै सांसद सिंहले सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिने बताए ।

‘आज हाम्रो राज्य संकटमा छ, तर, संसदबाट यो भाष्य नबनाऊँ भने, जो हिजो जो प्रतिपक्षमा थियो, तर, जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँको नरहौँला,  आज देशमाथि संकट छ, जनतामाथि संकट छ, चारैतिर व्यवसायीदेखि लिएर, नागरिकदेखि लिएर युवादेखि लिएर विद्यार्थीसम्म निराशा छ’, उनले भने ।

सांसद सिंहले संसदबाट निराशा नबाँड्न भन्दै संसदभित्रका सबै दल एक भएर राष्ट्रिय मुद्दा तय गर्नुपर्ने बताए । 

‘हामी यो निराशा नबाढौँ, हामी यसको समाधान गरौँ, बरु मिल्छ भने सभामुखज्यूलाई म आग्रह गर्न चाहन्छु, यहाँ संसदभित्र उपस्थित सबै दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ, जनतालाई भनौँ हामी सम्पूर्ण दल मिल्यौँ भने मात्र यो राष्ट्र बाँच्न सक्छ, संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ, देशको नैराश्यता हट्न सक्छ’, उनले भने ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : १० बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा