देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने « Khabarhub

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ । 

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा (रियल–टाइम)प्राप्त गर्न सक्ने भएका छन् ।

यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । 

प्रयोगकर्ताले आफूलाई आवश्यक रक्त समूह कहाँ र कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी नागरिक एपबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी,पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो । यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने, रक्त व्यवस्थापनलाई सहज बनाउने तथा रक्तसञ्चार सेवाको समन्वयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : १७ बजे

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन