संसद्‍मा जुहारी : सरकारको गतिविधिलाई प्रतिपक्षीले दिए मण्डलेको संज्ञा, रास्वपा सांसदले मागे प्रमाण « Khabarhub

संसद्‍मा जुहारी : सरकारको गतिविधिलाई प्रतिपक्षीले दिए मण्डलेको संज्ञा, रास्वपा सांसदले मागे प्रमाण


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद्‌को मंगलबार बसेको बैठकमा सत्ता र प्रतिपक्षबीच जुहारी चलेको छ।

मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले सरकारलाई घेरेका हुन् । सडकमा देखिएको सरकारको अनौठो हर्कतपछि संसद् झनै तातेको छ।

केही दिनयता सडकमा देखिएका शंकास्पद गाडी र तिनले मिडिया एवम् सार्वजनिक स्थलमा भएको अवरोधलाई लिएर प्रतिनिधिसभामा सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरूबीच आरोप-प्रत्यारोप भएको हो ।

नेकपा एमालेका सांसद गणेश ठगुन्नाले सरकारका शंकास्पद गतिविधिबारे चर्को विरोधसहित कुरा उठाएका छन् ।

सडकका ती गतिविधि झट्ट हेर्दा सामान्य लागे पनि पञ्चायतकालीन मण्डलेतन्त्र र तत्कालीन राज्यआतंकको झल्को दिएको टिप्पणी ठगुन्नाले बताए ।

ठगुन्नाले प्रधानमन्त्री शाहले वालेन्द्र शाहले संसद्‍मा उभिएर माफी माग्नुपर्ने आफूहरूको माग कायमै रहेको बताएका छन् ।

आफूहरूको माग पूरा नभएसम्म विरोध नरोकिने उनले स्पष्ट पारेका छन् । उनले उचित व्यवस्थापनबिना नै सुकुम्वासीहरूलाई वर्षाको पानीमा डुब्न बाध्य पारिएको भन्दै आपत्ति जनाएका छन्।

उनले यसो भनेर राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमाथि निशाना साँधेका हुन् । उनले यस्तो भनेसँगै सत्ता पक्षका सांसद पनि तातेका थिए ।

ठगुन्नाको आक्रामक टिप्पणीपछि रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला) आक्रोशित भइन् । उनले तत्कालै नियमापत्ति जनाउँदै ठगुन्नाको भनाइको प्रतिवाद गरिन् ।

उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) लाई आकर्षित गर्दै बिनाप्रमाण सिंगो राज्यसंयन्त्रमाथि हिलो छ्याप्ने काम भएको भन्दै आपत्ति जनाइन्।

‘एउटा व्यक्ति वा समूहले गरेको गलत क्रियाकलापलाई लिएर सिंगो राज्यले नै परिचालन गरेको भन्नु आपत्तिजनक छ,’ संग्रौलाले भनिन्, ‘यदि राज्यले नै ती संदिग्ध गाडी परिचालन गरेको हो भने प्रमाण दिनुपर्‍यो । होइन भने भ्रमको पर्दा च्यातेर बाहिर निस्कन आग्रह गर्दछु ।’

संसद्‌मा भएको यो जुहारी सडकमा सरकारकै संलग्नतामा भएको सडकको हर्कतको बाछिटा हो । यसले संसद्मा राजनीतिक दलहरूबीचको आन्तरिक द्वन्द्व र अविश्वास अझै बढ्ने देखिएको छ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : १७ बजे

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई