सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप « Khabarhub

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा सवारी साधान राखेर त्रास सिर्जना गर्न खोजेको भन्दै कारबाहीको माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनीहरूले सवारी साधान राखेर त्रास सिर्जना गर्न खोज्नेलाई सामान्य ट्राफिक जरिवाना मात्रै गरिएकोमा आपत्ति जनाएका छन् ।

बैठकमा कांग्रेस सचेतक निश्कल राईले सरकारमाथि प्रश्न गर्नेमाथि राज्य सयन्त्रले दमन गर्न खोजेको आरोप लगाए।

उनले होल्डिङ सेन्टर, गणेश नेपालीको आत्मदाह घटना र गाडी तेर्स्याइएको प्रकरणमा राज्यको संलग्नता रहेको उल्लेख गरे ।

सरकारले हरेक प्रकरणलाई राजनीतिकरण गर्न खोजेको पनि उनले बताएका छन् ।

त्यस्तै नेकपा सांसद रमेश मल्लले सञ्चारमाध्यम अगाडि सवारी साधन राखेर त्रास फैलाउनेलाई कडा कारवाही गर्न माग गरे ।

उनले राज्य संरक्षित केही व्यक्तिबाट उक्त गतिविधि भएको आरोप लगाउदै सामान्य जरिवाना तिराएर जिम्मेवारीबाट उन्मुक्ति दिने काम स्वीकार्य नहुने स्पष्ट पारे।

विपक्षी दलका सांसदहरूले सवारी साधान पार्किङ घटनामा राज्यको संलग्नता भएको आरोप लगाएपछि रास्वपाका केही सांसदहरूले नियमापति गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : २३ बजे

प्रतिनिधिसभाको बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा अहिले

कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षणमा जोड

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखालमा कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षण

राष्ट्रपतिसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष

एसियाली खेलकुद : नेपालले खोल्यो जितको खाता

काठमाडौँ – जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले

राष्ट्र बैंकबाट ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ– नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष