विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग « Khabarhub

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा जोड दिइएको छ । 

सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरूले जनतासँग सम्बन्धित सार्वजनिक महत्वका विषयमा प्रश्न उठेपछि सरोकार भएकाहरूलाई बोलाएर छलफल गरिनुपर्नेमा जोड दिएका हुन् । साथै केही सांसदले भने अदालतमा रहेको विषयमा छलफल गर्न नहुने धारणा राखे ।

बैठकमा सांसदहरु वर्षमान पुन, क्रान्तिशिखा धिताल, महेन्द्रबहादुर शाही, खुस्बु ओलीलगायतले राहदानी छपाइका विषयमा विचार राखेका थिए । 

राहदानी छपाइका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परी यो विषयमा समस्या छ भन्ने निष्कर्ष निकालेको, राहदानी छपाइका विषयमा अनियमितता छ भन्ने भएको तर कति छ भन्ने मात्र प्रतीक्षाको विषय बनेकामा सांसदहरूले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका थिए  । 

समितिका सभापति भरतबहादुर खड्काले आजको बैठकमा सांसदको सल्लाह सुझाव आएकाले राहदानी छपाइका विषयमा अदालतको फैसला आएपछि समितिले के गर्ने भनी निर्णय गर्ने बताए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : ५८ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ