सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन « Khabarhub

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। साथै, केही दिनअघि आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई बोल्न समय दिएका थिए । त्यसक्रममा सांसदहरूले सुकुमवासी समस्या तथा अन्य समसामयिक विषयमा धारणा राखेका हुन्।

सांसद गणेशसिंह ठगुन्नाले सुकुमवासीको समस्या बेलैमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले केही समयअघि सदनमा सीमा सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे।

सांसद रमेशकुमार मल्लले आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीले देखाएको व्यवहार दुःखद रहेको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसहित सम्बन्धित सबै निकाय सचेत हुनुपर्ने बताए।

सांसद आरेन राईले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको टिप्पणी गर्दै सरकारलाई श्रमिक, गरिब र सुकुमवासीको हितमा प्रभावकारी काम गर्न आग्रह गरे।

सांसद ज्ञानबहादुर शाहीले आमनागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउँदै गणेश नेपालीप्रति भएको रुखो व्यवहारका लागि जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न माग गरे।

सांसद निष्कल राईले लोकतन्त्रको मूल आधार जवाफदेहिता र प्रश्न गर्ने अधिकार भएको उल्लेख गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा कुनै पनि प्रकारको बन्देज लगाउन नहुने धारणा राखे । उनले एउटा नागरिक आत्मदाह गर्न बाध्य हुने अवस्थाप्रति सरकार गम्भीर र संवेदनशील हुनुपर्ने बताए।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : २३ बजे

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको