रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए « Khabarhub

रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका प्रधानमन्त्री वालेन्द्र शाह मंगलबार संसद् बैठकमा सहभागी हुन गएका छन् ।

सभापति रवि लामिछानेसँग ५ मिनेट गोप्य छलफलपछि उनी मंगलबार संसद् बैठकमा भाग लिन पुगेका हुन् ।

गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएयता निरन्तर संसद्लाई बेवास्ता गर्दै आएका उनी नागरिकस्तरबाट दबाब बढ्दै गएपछि वालेन्द्र उपस्थित भएका हुन् ।

उनको पछिपछि रास्वपा सभापति रवि लामिछाने पनि देखिए। उनीहरू संसद्मा आउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओली बोलिरहेकी थिइन्।

उनी यसअघि सभापति लामिछानेको बूढानीलकण्ठस्थित घरमा पनि पुगेका थिए । जहाँ पुगेर उनले सरकारका कामको बचाउ गरेका थिए ।

तर आइतबार र सोमबार सरकारकै मान्छेको योजनामा न्यूरोड क्षेत्र र सञ्चारमाध्यमका कार्यालय अगाडि गाडी तेर्स्याउने कदमले चौतर्फी आलोचना भइरहँदा वालेन्द्र संसद् पुगेका हुन्।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ४६ बजे

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको