अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै « Khabarhub

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पर्वत– पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन् ।  

अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना  कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवाखेती गरेका हुन् । 

गत वर्ष पाँच रोपनीमा सोचेभन्दा धेरै आम्दानी भएपछि यस वर्ष ६० रोपनी  क्षेत्रफलमा अदुवाखेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिए ।

गत वैशाखमा गरिएको अदुवाखेती आगामी पुस महिनामा खनेर बजार पठाइने भएको छ । यहाँका प्रत्येक कृषकले चारदेखि छ क्विन्टल अदुवा रोपेका छन् । 

गत वर्ष झण्डै ६० क्विन्टल अदुवा बिक्री गरेर छ लाख रुपैयाँ आम्दानी गरेका कृषकले यस वर्ष दश मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान छ ।  

मकै र कोदो खेती गर्न छोडेपछि  बाँदर हराउँदै गए । आम्दानी पनि दोब्बर भयो । स्थानीय ‘नशे’ जातको अदुवालगायका कृषक उत्पादन राम्रो भएपछि अदुवाखेतीमा पल्किएका छन् । 

अदुवाखेतीको प्रवर्द्धन र कृषक प्रोत्साहनका लागि कृषि विकास कार्यालय पर्वतले बीउमा प्रतिकिलो एक सय र बजार मूल्यमा प्रतिकिलो ५० रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ । 

यस वर्ष पालिकाले समूहलाई थप तीन लाख रुपैयाँ अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । 

नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक राष्ट्र हो । उत्पादनको झन्डै ६० प्रतिशत अदुवा भारतलगायतका देशमा निर्यात हुन्छ । ग्रामीण अर्थतन्त्र उकास्न र कृषकको आयआर्जन बढाउन अदुवा बाली महत्त्वपूर्ण मानिन्छ । 

  नेपालका ६९ जिल्लामा अदुवाको व्यावसायिक खेती हुन्छ । जसमध्ये इलाम, सल्यान,पाल्पा, डोटी, मकवानपुर र धनकुटा प्रमुख अदुवा उत्पादन गर्ने जिल्लामा पर्छन् । 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ५४ बजे

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा

सिंहदरबारभित्रै छिर्‍यो सरकारविरोधी आन्दोलन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला

बालेनसँग रुष्ट बन्दै कलाकार : सरकारले ‘चिप स्टन्ट’ गरेको निष्कर्ष

काठमाडौं – अहिलेको अवस्थामा वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारविरुद्ध सामाजिक