अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै « Khabarhub

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत– पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन् ।  

अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना  कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवाखेती गरेका हुन् । 

गत वर्ष पाँच रोपनीमा सोचेभन्दा धेरै आम्दानी भएपछि यस वर्ष ६० रोपनी  क्षेत्रफलमा अदुवाखेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिए ।

गत वैशाखमा गरिएको अदुवाखेती आगामी पुस महिनामा खनेर बजार पठाइने भएको छ । यहाँका प्रत्येक कृषकले चारदेखि छ क्विन्टल अदुवा रोपेका छन् । 

गत वर्ष झण्डै ६० क्विन्टल अदुवा बिक्री गरेर छ लाख रुपैयाँ आम्दानी गरेका कृषकले यस वर्ष दश मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान छ ।  

मकै र कोदो खेती गर्न छोडेपछि  बाँदर हराउँदै गए । आम्दानी पनि दोब्बर भयो । स्थानीय ‘नशे’ जातको अदुवालगायका कृषक उत्पादन राम्रो भएपछि अदुवाखेतीमा पल्किएका छन् । 

अदुवाखेतीको प्रवर्द्धन र कृषक प्रोत्साहनका लागि कृषि विकास कार्यालय पर्वतले बीउमा प्रतिकिलो एक सय र बजार मूल्यमा प्रतिकिलो ५० रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ । 

यस वर्ष पालिकाले समूहलाई थप तीन लाख रुपैयाँ अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । 

नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक राष्ट्र हो । उत्पादनको झन्डै ६० प्रतिशत अदुवा भारतलगायतका देशमा निर्यात हुन्छ । ग्रामीण अर्थतन्त्र उकास्न र कृषकको आयआर्जन बढाउन अदुवा बाली महत्त्वपूर्ण मानिन्छ । 

  नेपालका ६९ जिल्लामा अदुवाको व्यावसायिक खेती हुन्छ । जसमध्ये इलाम, सल्यान,पाल्पा, डोटी, मकवानपुर र धनकुटा प्रमुख अदुवा उत्पादन गर्ने जिल्लामा पर्छन् । 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ५४ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा