सत्यसँग डराउनेले प्रेसजगतलाई तर्साउने प्रयास गरे : प्रकाशचन्द्र परियार « Khabarhub

सत्यसँग डराउनेले प्रेसजगतलाई तर्साउने प्रयास गरे : प्रकाशचन्द्र परियार


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसजगतलाई तर्साउने प्रयास गरेको बताएका छन् 

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद परियारले देशका अग्रणी सञ्चार माध्यमका गेटमा गाडीहरू पार्किङ गरेर सञ्चार गृहलाई तर्साउने कुत्सित प्रयास गरिएको भन्दै निन्दा समेत गरे ।  

उनले सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्ने भन्दै सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नु जस्तै भएको उल्लेख गरे ।

अहिले आफूहरू सत्तामा रहेको भन्दैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् भन्दै उनले रास्वपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा र पत्रकारको रक्षाको पक्षमा रहेको स्पष्ट पारे ।  

उनले ज्ञानेन्द्र शाहको निरंकुश शासनसँग नझुक्ने प्रेस सडकमा दुई÷चार ओटा गाडी तेर्स्याएर नतर्सिने उल्लेख गरे । 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ५९ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले