सत्यसँग डराउनेले प्रेसजगतलाई तर्साउने प्रयास गरे : प्रकाशचन्द्र परियार « Khabarhub

सत्यसँग डराउनेले प्रेसजगतलाई तर्साउने प्रयास गरे : प्रकाशचन्द्र परियार


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसजगतलाई तर्साउने प्रयास गरेको बताएका छन् 

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद परियारले देशका अग्रणी सञ्चार माध्यमका गेटमा गाडीहरू पार्किङ गरेर सञ्चार गृहलाई तर्साउने कुत्सित प्रयास गरिएको भन्दै निन्दा समेत गरे ।  

उनले सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्ने भन्दै सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नु जस्तै भएको उल्लेख गरे ।

अहिले आफूहरू सत्तामा रहेको भन्दैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् भन्दै उनले रास्वपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा र पत्रकारको रक्षाको पक्षमा रहेको स्पष्ट पारे ।  

उनले ज्ञानेन्द्र शाहको निरंकुश शासनसँग नझुक्ने प्रेस सडकमा दुई÷चार ओटा गाडी तेर्स्याएर नतर्सिने उल्लेख गरे । 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ५९ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ