सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’ « Khabarhub

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा बनेको भन्ने टिप्पणी संसद्‍मै सुन्ने गरिन्छ ।

नभन्दै सामाजिक सञ्जालमा सरकारबारे भद्र टिप्पणी गर्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीनिकट नेता–कार्यकर्ताबाट साइबर आक्रमण नै हुन्छ ।

वालेन्द्रको नेतृत्वमा सरकार बनेको एक सय दिन भयो । अहिलेसम्म ठोस कुनै काम गरेको छैन, जे गरेको छ बढी विरोध नै भइरहेको छ ।

सोमबार झन् रोचक भयो । केही दिनअघि सवारी जरिवाना तिर्न नसकेकाले आत्मदाह गरेका गणेश नेपालीबारे समाचार लेखेका कारण मिडियामा हाउसका गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरियो ।

मिडिया हाउस, नेताको घर र व्यापारिक मलमा गरिएको गाडी पार्किङले बालेन्द्र सरकारको साख खस्किएको छ । धेरैले आलोचना गरेका छन् ।

त्यसपछि नायिका केकी अधिकारीले पनि सरकारबारे भद्र टिप्पणी गरिन् ।

उनले लेखिन्, ‘स्टन्टले देश बन्दैन । हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियोरु कतिले रोजगारी पाएरु अब जनताले सोध्ने दिन आए। खै रोजगारीको प्रत्येक दिनको उपलब्धिको लिस्ट राखौं बरु। त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला ।जनताको निराशा पनि पक्कै हटेर जाला । यो सस्तो स्टन्टले देश बन्दैन ।’

चुनावअघि रास्वपाले एक सय दिनमा देशको मुहार फर्ने चर्को भाषण गरेको थियो । तर, त्यो अनुरुप काम भएन । कच्चा इगो राख्ने काम सरकारबाट भएपछि नायिकाको टिप्पणी स्वभाविक थियो ।

तर, वालेन्द्र र रास्वपका कार्यकर्ताहरू नायिका अधिकारीविरुद्ध साइबर बुलिङकै तहमा उत्रिएका छन् । नागरिकको रुपमा सरकारसँग अपेक्षा र प्रश्न गर्ने अधिकार प्रयोगमा उठ्ने गरी उनलाई लखेटिएको छ ।

अश्लील शब्दले उनलाई गाली गरिएको छ । एमाले र कांग्रेस जस्ता पुरानाको पार्टीको समर्थक बनाइएर उनको आत्म सम्मानमा प्रहार गरिएको छ ।

‘३५ वर्षमा नबनेको देश चाँडै बन्दैन’ भनेर कुतर्क गरी उनको बौद्धिक क्षमता, आत्मसम्मान, पेसागत सम्मान र लैङ्गिक विशेषतामा प्रहार गरिएको छ । यो काम देशको प्रधानमन्त्री र प्रधानमन्त्रीको पार्टीका कार्यकर्ताबाट भएको हो ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ४ : ०२ बजे

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको