संरक्षण पर्खाइमा ताप्लेजुङ सुरुम्खिमस्थित चमेरे गुफा « Khabarhub

संरक्षण पर्खाइमा ताप्लेजुङ सुरुम्खिमस्थित चमेरे गुफा


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ–  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमस्थित चमेरे गुफा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । हजारौँको सङ्ख्यामा चमेराको वासस्थान रहेको गुफा पर्यटकीय सम्भावना प्रशस्त भए पनि संरक्षण र प्रचारप्रसारको अभावमा गुमनाम छ।

 सुरुम्खिमको अमटार बस्ती नजिकै रहेको गुफामा वर्षौंदेखि चमेरा बस्दैआएको स्थानीय श्याम तामाङले बताए। उनका अनुसार, दुई दशकअघि जति सङ्ख्यामा चमेरा देखिन्थे, अहिले पनि उही सङ्ख्यामा रहेको पाइन्छ । त्यस गुफाको प्रचारप्रसारसँगै संरक्षण हुनसके त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने स्थानीयको भनाइछ ।

 स्थानीय तिलबहादुर तामाङका अनुसार केही वर्षअघिसम्म आन्तरिक पर्यटक गुफा अवलोकन गर्न पुग्थे । पछिल्लो समय गुफासम्म पुग्ने सहज बाटो नहुँदा त्यहाँ हेर्न जाने आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ ।

 चमेरा पाइने गुफा नेपालमा सीमित भएकाले त्यस गुफाको संरक्षण गर्दै त्यस क्षेत्रमा पर्यटकको सुविधाका लागि सडक, होटललगायतका आवश्यक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।
  
वडाध्यक्ष लक्ष्मण तामाङले गुणस्तरीय सडकको पहुँच र अन्य पूर्वाधार निर्माणका लागि बजेट अभाव रहेकाले  त्यसका लागि प्रदेश सरकारसँग छलफल भइरहेको बताए।

 विज्ञका अनुसार स्तनधारी जीव चमेरो जैविक विविधता संरक्षण, परागसेचन तथा कीरा नियन्त्रणका दृष्टिले महत्वपूर्ण प्रजातिका रुपमा लिने गरिएको छ । चमेरोको प्राकृतिक वासस्थानको संरक्षण वातावरणीय सन्तुलनका लागि पनि आवश्यक मानिएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : ०९ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले