संरक्षण पर्खाइमा ताप्लेजुङ सुरुम्खिमस्थित चमेरे गुफा « Khabarhub

संरक्षण पर्खाइमा ताप्लेजुङ सुरुम्खिमस्थित चमेरे गुफा


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ–  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमस्थित चमेरे गुफा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । हजारौँको सङ्ख्यामा चमेराको वासस्थान रहेको गुफा पर्यटकीय सम्भावना प्रशस्त भए पनि संरक्षण र प्रचारप्रसारको अभावमा गुमनाम छ।

 सुरुम्खिमको अमटार बस्ती नजिकै रहेको गुफामा वर्षौंदेखि चमेरा बस्दैआएको स्थानीय श्याम तामाङले बताए। उनका अनुसार, दुई दशकअघि जति सङ्ख्यामा चमेरा देखिन्थे, अहिले पनि उही सङ्ख्यामा रहेको पाइन्छ । त्यस गुफाको प्रचारप्रसारसँगै संरक्षण हुनसके त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने स्थानीयको भनाइछ ।

 स्थानीय तिलबहादुर तामाङका अनुसार केही वर्षअघिसम्म आन्तरिक पर्यटक गुफा अवलोकन गर्न पुग्थे । पछिल्लो समय गुफासम्म पुग्ने सहज बाटो नहुँदा त्यहाँ हेर्न जाने आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ ।

 चमेरा पाइने गुफा नेपालमा सीमित भएकाले त्यस गुफाको संरक्षण गर्दै त्यस क्षेत्रमा पर्यटकको सुविधाका लागि सडक, होटललगायतका आवश्यक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।
  
वडाध्यक्ष लक्ष्मण तामाङले गुणस्तरीय सडकको पहुँच र अन्य पूर्वाधार निर्माणका लागि बजेट अभाव रहेकाले  त्यसका लागि प्रदेश सरकारसँग छलफल भइरहेको बताए।

 विज्ञका अनुसार स्तनधारी जीव चमेरो जैविक विविधता संरक्षण, परागसेचन तथा कीरा नियन्त्रणका दृष्टिले महत्वपूर्ण प्रजातिका रुपमा लिने गरिएको छ । चमेरोको प्राकृतिक वासस्थानको संरक्षण वातावरणीय सन्तुलनका लागि पनि आवश्यक मानिएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : ०९ बजे

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र