बालेनसँग रुष्ट बन्दै कलाकार : सरकारले ‘चिप स्टन्ट’ गरेको निष्कर्ष « Khabarhub

बालेनसँग रुष्ट बन्दै कलाकार : सरकारले ‘चिप स्टन्ट’ गरेको निष्कर्ष


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिलेको अवस्थामा वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारविरुद्ध सामाजिक सञ्जालमा लेख्न निकै ठूलो हिम्मत चाहिन्छ । सत्तारूढ दलका कार्यकर्ता र साइबर सेनाहरू कमेन्टमा आएर ‘बुली’ गर्न थालिहाल्छन् ।

वालेन्द्र शाहले सरकारको नेतृत्व गरेको एक सय दिन भइसकेको छ । तर जनताले चाहेअनुसार गतिलो परिणाम दिने लक्षण नदेखिएपछि साइबर बुलिङको सामना गर्ने हिम्मत लिएरै कलाकारहरू बोल्न थालेका छन् ।

समाचार संस्था, नेता र व्यापारिक मलको गेटमा शंकास्पद गाडी पार्किङ गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीका आसेपासे संलग्न भएको पाइएपछि कलाकारहरूले मौनता तोडेका छन् ।

नायिका केकी अधिकारीले ‘स्टन्ट गरेर देश बन्दैन’ भनेर सरकारको विरोध गर्दा साइबर बुलिङ खेप्नु परेको छ ।

अर्का कलाकार तथा निर्देशक विशाल भण्डारीले प्रधानमन्त्री खरो टिप्पणी दिएका छन् । गाडी पार्किङको विषयलाई उनले ‘सबैभन्दा तल्लो स्तरको स्टन्ट’ भनेका छन् ।

उनले न्यूरोड क्षेत्रमा अस्तव्यस्त पार्किङ देखाउने र गेटआडिको पार्किङ गराउने काम राज्यबाटै भएको बुझाइ राखेका छन् ।
भण्डारीले सरकारको एक सय दिनको उपलब्धि के हो ? भनेर जवाफ मागेका छन् ।

यस अवधिमा सरकारले शिक्षा, स्वास्थ र रोजगारीमा के गर्यो भन्ने उनको मुख्य प्रश्न छ ।

‘आत्मदाह बढ्नुको कारण के हो रु व्यापारीको भागाभाग हुनुको कारण के हो रु विपक्षीलाई भौतिक आक्रमणको धम्की किन रु ’ भन्ने प्रश्नको उनले सरकारसँग जवाफ मागेका छन् ।

कलाकार र मिडियाले सरकारको गुनगान गाउने काम नगर्ने उनको सम्झाएका छन् । ठूलो आशाले दिएको मत सरकारको बचपनापूर्ण स्टन्टमा खर्च भएको उनको बुझाइ छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ३ : ५६ बजे

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन