‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’ « Khabarhub

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनलाई मुलुकको पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’को संज्ञा दिँदै सरकारप्रति आभार व्यक्त गरेको छ।

महासंघका महासचिव शिवहरि घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘लो बिडिङ’ (न्यूनतम मूल्यमा ठेक्का लिने) प्रथाको अन्त्य गर्दै औसत विधिबाट ठेक्का प्रदान गर्ने व्यवस्था अत्यन्त सकारात्मक भएको उल्लेख गरिएको छ। महासंघका अनुसार यस व्यवस्थाले पूर्वाधार क्षेत्रमा लामो समयदेखि देखिएका अधिकांश समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

विज्ञप्तिमा महासंघको वर्तमान कार्यसमितिको निरन्तर पहलपछि सार्वजनिक भएको संशोधनले निर्माण व्यवसायमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरिएको छ।

संशोधित ऐनमा बजेट विनियोजन वा स्रोत सुनिश्चित नभई खरिद प्रक्रिया सुरु गर्न नपाइने, जग्गा प्राप्ति, मुआब्जा वितरण, निर्माणस्थल हस्तान्तरण तथा वातावरणीय स्वीकृति पूरा भएपछि मात्र बोलपत्र आह्वान गर्न पाइने व्यवस्था गरिएको छ। साथै, सरकारद्वारा स्वीकृत मापदण्डअनुसार लागत अनुमान तयार गर्नुपर्ने तथा नियोक्ता, निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाताको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको छ।

महासंघले समयमै गुणस्तरीय काम सम्पन्न गरेमा सम्बन्धित कर्मचारीलाई प्रोत्साहन, बोनस तथा अन्य सुविधा उपलब्ध गराउने र निर्माण व्यवसायीलाई पनि प्रोत्साहन तथा प्रशंसापत्र प्रदान गर्ने व्यवस्था स्वागतयोग्य भएको जनाएको छ। कार्यसम्पादन जमानत पाँच प्रतिशतमा सीमित गरिनु, कम्पनी एकीकरण भएमा दुवै कम्पनीको योग्यता गणना हुने, बोलपत्र पेश गर्ने समय घटाइनु तथा सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कार्यान्वयनलाई बाध्यात्मक बनाइनुजस्ता व्यवस्थाले पूर्वाधार क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने महासंघको विश्वास छ।

महासंघले सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनलाई पूर्वाधारमैत्री बनाउन विशेष पहल गरेको भन्दै प्रधानमन्त्री, पूर्वाधार विकास मन्त्री तथा संशोधन प्रक्रियामा संलग्न राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद पनि दिएको छ।

साथै, निकट भविष्यमा संशोधन हुने सार्वजनिक खरिद नियमावलीमा सबै अवधिका खरिद सम्झौतामा मूल्य समायोजनको व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ४ : १० बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले