स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी « Khabarhub

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो टोलेडोले स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएको भन्दै मानवीय आधारमा माफी प्रदान गर्न सरकारसँग औपचारिक अनुरोध गरेका छन्।

टोलेडोका कानून व्यवसायी कार्लोस टोरेसका अनुसार उनको तर्फबाट माफीको निवेदन सोमबार सम्बन्धित निकायमा दर्ता गरिएको हो। उनले टोलेडोको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको र मानवीय आधारमा रिहाइ आवश्यक भएको बताए।

८१ वर्षीय टोलेडोले सरकारलाई बुझाएको निवेदनमा जेल जीवनका क्रममा आफ्नो स्वास्थ्य निरन्तर कमजोर बन्दै गएको उल्लेख गरेका छन् ।

 चिकित्सकहरूले जुनसुकै बेला हृदयघात वा मस्तिष्कघात हुन सक्ने चेतावनी दिएको दाबी गर्दै उहाँले स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मानवीय आधारमा रिहा गरिनुपर्ने माग गरेका हुन्।

सन् २००१ देखि २००६ सम्म पेरुको राष्ट्रपति रहनुभएका टोलेडोको माफीको निवेदन केइको फुजिमोरीले राष्ट्रपतिको पदभार ग्रहण गर्नुभन्दा करिब दुई साताअघि दर्ता भएको हो। केइको फुजिमोरी पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी हुन भने टोलेडो उनका प्रमुख राजनीतिक प्रतिस्पर्धीमध्ये एक मानिन्थे।

टोलेडोलाई सन् २०२४ मा ब्राजिलको निर्माण कम्पनी ओडेब्रेक्टसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार प्रकरणमा सार्वजनिक पूर्वाधार आयोजनाको ठेक्का दिलाइदिने बदलामा करोडौँ अमेरिकी डलर घुस लिएको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो। त्यसपछि सोही प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) मुद्दामा पनि उनलाई थप सजाय सुनाइएको थियो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ५ : १५ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले