सञ्चारगृहका गेटमा गाडी तेर्स्याइएको घटनाबारे छानबिन हुनुपर्छ : रवि लामिछाने « Khabarhub

सञ्चारगृहका गेटमा गाडी तेर्स्याइएको घटनाबारे छानबिन हुनुपर्छ : रवि लामिछाने


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन र अनुसन्धान हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो जवाफ दिएका हुन् ।

‘तत्काललाई छोडियो कि समायो कि के मुद्दा लगाइयो, त्यो बेग्लै कुरा हो । यो जुन प्रवृत्ति भयो, जुन देखियो । त्यो अस्वाभाविक भएकाले पार्टीले विज्ञप्तिमार्फत् भनिसकेको छ । पार्टी यसमा अडिग छ’, उनले भने।

सभापति लामिछानेले रास्वपाले आफ्ना सांसदहरूलाई ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै थपे, ‘किन कारबाही नहुने, जो भए पनि हुन्छ ।’

प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार भएको भेटवार्ताबारे पनि उनले केही कुरा खुलाए । उनले सुकुम्वासी समस्या समाधानमा प्रभावकारी कदम चाल्न आफूले भनेको बताए ।

‘विशेषगरी सुकुमवासी समस्या समाधान गर्न जे गर्नुपर्थ्यो, त्यसलाई प्रभावकारी बनाउनुपर्‍यो । आमनागरिकले दुःख पाउनुभएन । त्यसको व्यवस्थापनको विषयमा कुरा गर्‍यौँ’, उनले भने ।

आफ्नो निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा राष्ट्रिय राजनीति, र देशको भोलिको परिस्थितिबारे पनि छलफल भएको बताए । उनले परिणाममुखी छलफल भएको जवाफ दिए पनि विस्तृतमा केही खुलाएनन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ६ : २२ बजे

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको