सञ्चारगृहका गेटमा गाडी तेर्स्याइएको घटनाबारे छानबिन हुनुपर्छ : रवि लामिछाने « Khabarhub

सञ्चारगृहका गेटमा गाडी तेर्स्याइएको घटनाबारे छानबिन हुनुपर्छ : रवि लामिछाने


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन र अनुसन्धान हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो जवाफ दिएका हुन् ।

‘तत्काललाई छोडियो कि समायो कि के मुद्दा लगाइयो, त्यो बेग्लै कुरा हो । यो जुन प्रवृत्ति भयो, जुन देखियो । त्यो अस्वाभाविक भएकाले पार्टीले विज्ञप्तिमार्फत् भनिसकेको छ । पार्टी यसमा अडिग छ’, उनले भने।

सभापति लामिछानेले रास्वपाले आफ्ना सांसदहरूलाई ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै थपे, ‘किन कारबाही नहुने, जो भए पनि हुन्छ ।’

प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार भएको भेटवार्ताबारे पनि उनले केही कुरा खुलाए । उनले सुकुम्वासी समस्या समाधानमा प्रभावकारी कदम चाल्न आफूले भनेको बताए ।

‘विशेषगरी सुकुमवासी समस्या समाधान गर्न जे गर्नुपर्थ्यो, त्यसलाई प्रभावकारी बनाउनुपर्‍यो । आमनागरिकले दुःख पाउनुभएन । त्यसको व्यवस्थापनको विषयमा कुरा गर्‍यौँ’, उनले भने ।

आफ्नो निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा राष्ट्रिय राजनीति, र देशको भोलिको परिस्थितिबारे पनि छलफल भएको बताए । उनले परिणाममुखी छलफल भएको जवाफ दिए पनि विस्तृतमा केही खुलाएनन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ६ : २२ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले