राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी, चुस्त–दुरुस्त तथा व्यवस्थित बनाउका लागि बहिरङ्ग (ओपिडी) टिकट काउन्टर थप गरेको छ । 

प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बिमाका सेवाग्राहीको सङ्ख्या बढ्दै गएपछि टिकट वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले एउटा टिकट काउन्टर थप गरी सञ्चालनमा ल्याइएको हो ।

यसअघि प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवाका लागि दुई वटा ओपिडी टिकट काउन्टर सञ्चालनमा थिए । सातामा दुई दिन बिदा हुँदा अरु दिन सेवाग्राहीको सङ्ख्या बढेसँगै अव्यवस्थित घुइँचो, लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यतालगायत अवस्थालाई मध्यनजर गर्दै काउन्टर थप गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए। 

सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न एउटा काउन्टर थपिएसँगै टिकट वितरण प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बन्ने उनले विश्वास व्यक्त गरे। उनका अनुसार प्रतिष्ठानमा पछिल्लो समययता उपचारका लागि आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ । 

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा सुरेश रसाइलीले स्वास्थ्य बिमामार्फत सेवा लिने सेवाग्राहीलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ओपिडी टिकट काउन्टर थप गरिएको जानकारी दिए । 

‘बिमामार्फत उपचार गर्न आउने सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्यले काउन्टर थप गरेका हौँ’, उनले भने, ‘सेवाग्राहीको चाप र आवश्यकता अनुसार सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रयास छ ।’

प्रतिष्ठानले स्वास्थ्य बिमा सेवामात्र नभई समग्र ओपिडी सेवामा आउने बिरामीको चापलाई व्यवस्थापन गर्न सेवा प्रवाहलाई क्रमशः सुधार गर्दै आएको जनाएको छ । टिकट वितरणदेखि चिकित्सकीय परामर्श तथा अन्य आवश्यक सेवासम्म सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण निर्माण तथा सुधार गर्न प्रतिष्ठानले व्यवस्थापकीय पहल थालेको सहप्राध्यापकसमेत रहेका रसाइलीले बताए।

प्रतिष्ठानका अनुसार आगामी दिनमा बिरामीको चाप, सेवाग्राहीको आवश्यकता र सेवा प्रवाहको अवस्थालाई मूल्यांकन गर्दै आवश्यकताअनुसार सेवा थपिनुका साथै समयसापेक्ष व्यवस्थापन गर्दै जाने उहाँले प्रतिबद्धता जनाए।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  १ : ३३ बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह : चीनसँग नियमित अनुगमन

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६