कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता « Khabarhub

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुगेको छ। घटनामा करिब ४०० जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये दुई तिहाइभन्दा बढी काली र पेरेरा सहरका रहेका छन्। भूकम्पबाट घाइते हुनेको सङ्ख्या पनि उल्लेख्य रहेको र घाइतेमध्ये आधाभन्दा बढी प्रमुख सहरी क्षेत्रमा रहेको जनाइएको छ।

पेरेरा सहरमा उद्धार टोलीले क्षतिग्रस्त एक होटलको भग्नावशेषमुनि फसेका चार जनाको उद्धारका लागि अभियान सञ्चालन गरिरहेको छ। भग्नावशेषमा अझै मानिसहरू फसेको हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको अधिकारीहरूले बताएका छन्।

सरकारी तथ्याङ्कअनुसार पश्चिमी कोलम्बियाका हजारौँ आवासीय घर, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ। भूकम्पका कारण हजारौँ परिवार विस्थापित भई अस्थायी शिविर तथा अन्य सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्।

भूकम्पपछि लगातार शक्तिशाली पराकम्पहरू गइरहेकाले उद्धार तथा राहत कार्य थप चुनौतीपूर्ण बनेको छ। पराकम्पका कारण पहिले नै क्षतिग्रस्त भवनहरू थप भत्किन सक्ने जोखिम बढेको भन्दै उद्धारकर्मीहरू उच्च सतर्कताका साथ काम गरिरहेका छन्।

अधिकारीहरूले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताएका छन्।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  १ : ४६ बजे

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल