आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली « Khabarhub

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकारको संरक्षण र कार्यान्वयनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा शनिबारदेखि सुरु भएको एमालेको जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा एमाले सधैँ प्रतिबद्ध रहेको बताए।

उनले सबै समुदायको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले एमालेले विगतदेखि नै समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको पक्षमा वकालत गर्दै आएको दाबी गरे। विभिन्न जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नुभन्दा सबै समुदायलाई सहअस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको वर्तमान साङ्गठनिक अवस्था, आगामी कार्ययोजना, आदिवासी जनजातिका सवाल तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

महासङ्घको केन्द्रीय कमिटी बैठकले आदिवासी जनजातिका अधिकार तथा उनीहरूका सामाजिक, सांस्कृतिक र राजनीतिक सवाललाई आगामी कार्ययोजनामा समेट्ने विषयमा समेत छलफल गर्ने जनाइएको छ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ७ : ४५ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र