मेलाको बचत रकम पर्यटन विकासमा « Khabarhub

मेलाको बचत रकम पर्यटन विकासमा


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट बचत भएको २० लाखभन्दा बढी रकम स्थानीय पर्यटन पूर्वाधार निर्माणमा लगानी गरेको छ। वि.सं. २०८१ र २०८२ को दसैँ मेलाबाट प्राप्त आम्दानीलाई क्लबले पर्यटन विकास तथा सामाजिक काममा परिचालन गरेको हो।

क्लबका सचिव विकास पुनका अनुसार पछिल्लो दुई वर्षमा दोवा क्षेत्रको पर्यटन, भौतिक पूर्वाधार र सामाजिक विकासका लागि कुल २० लाख ७ हजार ७१० खर्च भएको छ। “दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्गको पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि दुई वर्षमा सबैभन्दा बढी ७ लाख ५८ हजार २५० खर्च गरेका छौँ,” पुनले भने, “क्लबसँग हाल ५ लाख ४९ हजार ९३७ बचत छ।”

मणिबराही क्लबले २०८१ को मेलाबाट रु. १५ लाख १९ हजार आम्दानी गरी १२ लाख २२ हजार २५० खर्च गरेको थियो। त्यस्तै २०८२ मा रु. १० लाख ३८ हजार ६४७ आम्दानी भएकोमा ७ लाख ८५ हजार ४६० खर्च भएको छ।

सङ्कलित रकमबाट पर्यटकीयस्थल सुर्केमेलामा ३ लाख ८१ हजारको लागतमा खानेपानी व्यवस्थापन गरिएको छ। दोवाको प्रवेशद्वार भीरकाटेस्थित सडक पुलमा १ लाख ३ हजार खर्चेर सूचनामूलक बोर्ड राखिएको छ भने अन्य पर्यटकीयस्थलका लागि रु. २ लाख ७४ हजारमा ४१ वटा सूचना बोर्ड तयार पारिएको छ।

यसैगरी, दोवा पोखरा समाजको भवन निर्माण तथा जग्गा खरिदका लागि ७ लाख सहयोग गरेको क्लबले रु. ४ लाख १९ हजार खर्चेर आफ्नै भवन मर्मत गरेको छ। चालू वर्षभित्रै क्लबको नाममा जग्गा खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष ठबहादुर गर्बुजाले जानकारी दिए।

गत आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण गाउँपालिकाको १० लाख बजेटमा दोवादेखि पातलखर्क, गरेकखर्क, देउरालीडाँडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा पदमार्ग निर्माण गर्दा क्लबले रु. ४ लाख २५ हजार ७६५ आर्थिक सहयोग गर्नुका साथै १ लाख २४ हजार बराबरको श्रमदान गरेको थियो।

“दोवामा पर्यटक भित्र्याउने, बसाइ लम्ब्याउने र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाएर रोजगारी सिर्जना गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हौँ,” सचिव पुनले भने, “सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्ने पदमार्ग निर्माणलाई निरन्तरता दिन आवश्यक छ।”

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ९ : ०८ बजे

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु