मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु « Khabarhub

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय पाँच वर्षीय लेखराज देउवाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका बालक देउवालाई मिनी ट्रकले ठक्कर दिएपछि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महरले जानकारी दिए ।

प्रहरीका अनुसार, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको ट्रकको ठक्करबाट बालकको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । दुर्घटनापछि ट्रक चालक लम्कीचुहा नगरपालिका–२ का २९ वर्षीय सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  १ : १९ बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी