आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६ अक्टोबर १५ तारिख। असोज शुक्ल पक्षको पञ्चमी तिथि । विश्व हातधुने दिवस र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नुपर्ने समय छ। शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। मन शान्त र खुशी रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कर्कट : शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछन्। लगानी गरेको भए फाइदा हुनेछ। परिवारको सल्लाह नलिइ अगाडि बढेमा व्यवहारमा समस्या हुनसक्नेछ। धार्मिक अभियन्तासँगको भेटले नयाँ योजना बन्नेछन्।

सिंह : मनमा तनाव बढ्नेछ। आज कम बोल्नु  फाइदा हुनेछ । अध्ययनमा समय दिएमा दिन सहज बन्नेछ। उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कन्या : दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा थोरै लगानी गरे पनि फाइदा हुनेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको विवाद मिलाउन भने समस्या पर्नेछ।

तुला : परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको लगानी सफल बन्नेछ। विपक्षी साथीले तपाईंलाई साथ र सहयोग गर्ने भएकाले कामका लागि हिम्मत गर्नु उचित हुनेछ।

वृश्चिक : दिन राम्रो छ। आफू पछाडि हटेर अरुलाई लगाएको काममा सफलता मिल्नेछ। उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ।

धनु : दिन सामान्य छ। शत्रु बढ्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

कुम्भ : शुभग्रहको बल भएकाले महत्त्वपूर्ण काम बन्नेछन्। काम गर्दा सामुहिक रुपमा गर्नु उचित हुनेछ। शुभचिन्तकसँग गरेको निर्णय सफल बन्नेछ। सानो कुराले मनमा तनाव आए पनि धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। साथीभाइले विरोध गर्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय छ। परिवारको साथ र सहयोगले दिन सहज बन्नेछ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ५ : २७ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६