विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’ « Khabarhub

विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना खुवाउने र अत्यधिक मूल्य असुल्ने गरिएको जनगुनासो बढेपछि गरिएको संयुक्त अनुगमनका क्रममा चितवन र मुग्लिन क्षेत्रका १७ वटा होटेल तथा रेस्टुरेन्टहरूको स्तरीकरण गरिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको संयुक्त टोलीले रामनगर, जुगेडी, दासढुङ्गा र मुग्लिन क्षेत्रका होटेलहरूमा स्थलगत निरीक्षण गरी स्वच्छता र गुणस्तरको आधारमा प्रतीक चिह्न (लोगो) र स्टिकर वितरण गरेको हो । 

सार्वजनिक सवारी साधनका यात्रुहरूलाई लक्षित गरी सञ्चालित राजमार्गका होटेलहरूमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना बिक्री गर्ने र उच्च मूल्य लिने गरिएको विषयमा तीव्र असन्तोष व्यक्त भएपछि पूर्वाधार विकास मन्त्रालयमा भएको बैठक र यातायात व्यवस्था विभागको असोज २७ गतेको सूचनाबमोजिम यो कदम चालिएको हो । 

सोही निर्णय कार्यान्वयन गर्दै अनुगमन टोलीले असोज २३ र २८ गते विभिन्न होटेल तथा रेस्टुरेन्टहरूको स्वच्छता र गुणस्तर मूल्याङ्कन गरेको थियो ।

निरीक्षण गरिएका कुल १७ वटा होटेल तथा रेस्टुरेन्टमध्ये इच्छाकामना-५ मुग्लिनमा रहेको ‘दाल भात पावर’ ले मात्र सबैभन्दा उच्च गुणस्तर कायम गर्दै ‘अति उत्तम’ अर्थात् तीन तारासहितको हरियो स्टिकर (ए श्रेणी) प्राप्त गरेको छ । त्यसैगरी, भरतपुर-१ रामनगरमा रहेको ‘होटेल राइस प्यालेस थकाली भान्सा घर तथा लज’ ले दुई तारासहितको हरियो स्टिकर पाएर ‘उत्तम’ (बी श्रेणी) स्थान हासिल गरेको छ ।

अनुगमनका क्रममा पाँचवटा होटेल तथा रेस्टुरेन्टहरूले ‘सन्तोषजनक’ अर्थात् एक तारासहितको हरियो स्टिकर (सी श्रेणी) प्राप्त गरेका छन् । जसमा रामनगरस्थित थकाली किचन एण्ड तन्दुरी खाजा घर र थकाली भान्सा तथा खाजा घर, जुगेडीस्थित श्रीनगर होटल तथा रेस्टुरेन्ट र पोखरेली थकाली भान्सा घर एण्ड मनकामना लज तथा दासढुङ्गास्थित द फुड स्टेशन रहेका छन् ।

यसैगरी, अनुगमन गरिएकामध्ये बाँकी १० वटा होटेल तथा रेस्टुरेन्टहरू ‘सामान्य’ अर्थात् पहेंलो स्टिकर (डी श्रेणी) मा वर्गीकरण भएका छन् । पहेंलो स्टिकर पाउनेहरूमा रामनगर क्षेत्रका थकाली खाना तथा खाजा घर, सिद्धबाबा होटल, होटेल सोल्टी, न्यू शिवशक्ति होटल, न्यू सुष्मा होटल र न्यू पूजा होटल तथा रेस्टुरेन्ट रहेका छन् । 

यसैगरी जुगेडीको योज्न थकाली होटल, दासढुङ्गाका मिलन रेस्टुरेन्ट एण्ड बार र इन्द्रधणी चुलो तथा मुग्लिनको होटल वैष्णव पनि सामान्य श्रेणीमा परेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई होटेलमा प्रवेश गर्नुअघि टाँसिएका यस्ता स्टिकर र लोगो हेरेर मात्र गुणस्तरीय सेवा लिन अनुरोध गरेको छ ।

Screenshot
Screenshot

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ४ : २५ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत