काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
भेटवार्तामा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
दुवै पक्षले पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै दुई देशबीच रहिआएको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा समेत विचार आदानप्रदान गरेका थिए ।

















प्रतिक्रिया