जर्मनीको एक अपार्टमेन्टमा आगलागी, तीन भारतीय विद्यार्थीको मृत्यु « Khabarhub

जर्मनीको एक अपार्टमेन्टमा आगलागी, तीन भारतीय विद्यार्थीको मृत्यु


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जर्मनीको बोचमस्थित एक अपार्टमेन्ट भवनमा भएको आगलागीमा परी तीन भारतीय विद्यार्थीको मृत्यु भएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले भवनमै बस्ने ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बर्लिनस्थित भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल एक्समार्फत उत्तरी राइन–वेस्टफालिया राज्यको बोचममा भएको आगलागीमा तीन भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । मृतक तीनै जना जर्मनीमा अध्ययनरत थिए ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २५ र २७ वर्षका दुई महिला तथा २६ वर्षीय एक पुरुष छन् ।

भारतीय दूतावासका अनुसार बर्लिनस्थित दूतावास र फ्रान्कफर्टस्थित भारतीय महावाणिज्य दूतावास स्थानीय अधिकारी तथा मृतकका परिवारसँग सम्पर्कमा छन् । उनीहरूले परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेका छन् । दूतावासले मृतकका परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ ।

जर्मन प्रहरी र अभियोजनकर्ताका अनुसार आगलागीको कारण पत्ता लगाउन गरिएको विस्तृत अनुसन्धानका क्रममा प्राविधिक त्रुटिको सम्भावना अस्वीकार गरिएपछि भवनका ४१ वर्षीय एक बासिन्दामाथि शङ्का बढेको हो ।

सन्दिग्ध व्यक्तिसँग हत्या अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूले सोधपुछ गरेका छन् । बोचम अभियोजन कार्यालयको निर्देशनमा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

जर्मनीको सार्वजनिक प्रसारक एनडीआरलाई उद्धृत गर्दै एनाडोलु समाचार एजेन्सीले आगलागी हुनुभन्दा एक दिनअघि भवनमा विवाद भएपछि प्रहरी बोलाइएको जनाएको छ । उक्त भवनमा यसअघि पनि विभिन्न घटनाका कारण प्रहरी पुगेको समाचारमा उल्लेख छ । यद्यपि, प्रहरीले ती पुराना घटनाको आगलागीसँग सम्बन्ध नरहेको जनाएको छ ।

आगलागीको वास्तविक कारण तथा घटनासँग सम्बन्धित अन्य परिस्थितिबारे जर्मन अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ४ : ४७ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग