४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति « Khabarhub

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति


२९ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म नेपालमा ४० खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति पुगेको देखाएको हो । 

प्रतिवेदनअनुसार २०८३ असार मसान्तमा यस्तो सञ्चिति ३८९७ अर्ब ६७ करोड बराबर रहेको थियो ।

आर्थिक वर्ष २०८३/८४ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

२०८३ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ६१.६ प्रतिशत, १४८.५ प्रतिशत र ४४.९ प्रतिशत रहेका छन् । २०८३ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  ५ : ०२ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण

माईखोलाको बगरमा बदामखेती

झापा– सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५

कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक आज बस्दै

पासाङले चौँरीगोठमै भेटे विदेशभन्दा राम्रो अवसर

रसुवा- रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

दाङ- दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ ।